बाढीपहिरो प्रभावित क्षेत्रमा उद्धार र राहतमा जुट्न कार्यकर्तालाई कांग्रेस नेता कोइरालाको आग्रह « Khabarhub

बाढीपहिरो प्रभावित क्षेत्रमा उद्धार र राहतमा जुट्न कार्यकर्तालाई कांग्रेस नेता कोइरालाको आग्रह


२८ असार २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली कांग्रेसका नेता शेखर कोइरालाले बाढीपहिरो प्रभावित क्षेत्रमा उद्धार तथा राहतमा जुट्न कार्यकर्ताहरूलाई आग्रह गरेका छन् ।

तीन दिन यता मुलुकभर भइरहेको भारी वर्षाले तीन दर्जनभन्दा बढी मानिसको मृत्यु, कयौँ बेपत्ता तथा घाइते र दर्जनौँ मानिस विस्थापित भइरहेका बेला नेता कोइरालाले पार्टी कार्यकर्तालाई उद्धार राहतमा जुट्न आग्रह गरेका हुन् ।

कोइरालाले सामाजिक सञ्जाल ट्वीटरमा ट्वीट गर्दै भनेका छन्, ‘अविरल बर्षाले देशका बिभिन्न जिल्लाहरू डुवानमा छन। जनधनको क्षति भइरहेको छ। मानिसहरूको मृत्यु भइरहेको छ, केही घाईते छन् र कैयौं बेपत्ता छन् । बिपदको समयमा कांग्रेस पार्टीका जिल्ला, क्षेत्र, नगर र गाउॅका साथीहरूलाई आफू सुरक्षित हुँदै प्रभावित स्थानहरुमा उद्धार तथा राहतमा जुट्न आग्रह गर्दछु।’

प्रकाशित मिति : २८ असार २०७७, आइतबार  ८ : ४७ बजे

रेकर्ड यात्रा सकेर घर फर्किए आर्टेमिस टोली

ह्युस्टन– मानव अन्तरिक्ष अन्वेषणको नयाँ अध्याय खोल्दै चन्द्रमाको परिक्रमा गरेर

युट्युबर पोख्रेल पक्राउमा जेन-जी मुभमेन्टको आपत्ति, तत्काल रिहाइको माग

काठमाडौं– युट्युबर रोशन पोख्रेल पक्राउको विषयलाई लिएर जेन-जी मुभमेन्ट नेपालले

आर्थिक समृद्धिको आधार जडीबुटी : प्रशोधन र ‘ब्रान्डिङ’ मा जोड

काठमाडौं– अमूल्य जडीबुटी  तथा जैविक विविधताका दृष्टिले हाम्रो मुलुक विश्वको

राष्ट्रपतिसँग राष्ट्रियसभाका अध्यक्षको भेट

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसँग राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रपति भवनमा

प्रधानमन्त्री बालेनलाई गाली गरेर कन्टेन्ट बनाएको आरोपमा एकजना पक्राउ

काठमाडौं– प्रधानमन्त्री  बालेन (बालेन्द्र) शाहलगायतका नेतालाई  गाली गरेका सामग्री युटुबमा