बाढीपहिरोले एक दर्जनभन्दा बढी जिल्लामा सडक अवरूद्ध | Khabarhub Khabarhub

बाढीपहिरोले एक दर्जनभन्दा बढी जिल्लामा सडक अवरूद्ध


२८ असार २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – बाढी पहिरोले मुलुकका विभिन्न स्थानमा सडक अवरुद्ध भएका छन् ।

सडक विभागका अनुसार एक दर्जनभन्दा बढी जिल्लामा बाढीपहिरोले क्षति पुर्‍याउँदा पूर्वपश्चिम, अरनिको र बीपी राजमार्ग अवरूद्ध भएका छन् ।

सिन्धुपाल्चोक, नवलपरासी, सिन्धुली, म्याग्दी, मकवानपुर, दैलेख, काभ्रे, रौतहट, प्यूठान, अछाम, लमजुङ, मुस्ताङ, मनाङ र सुर्खेतमा बाढीपहिराले सडक अवरुद्ध छ । अवरुद्ध सडक एकतर्फी नै भएपनि खुलाउने प्रयास भैरहेको सडक विभागले जनाएको छ ।

नवलपरासी पूर्वमा पर्ने पूर्वपश्चिम राजमार्गको गैँडाकोट थुम्सीमा खहरे खोलामा आएको बाढीले डाइभर्सन बगाएर अवरुद्ध भएको सडक एकतर्फी खुलेको छ । नवलपरासीकै दाउन्ने भन्ने ठाउँमा पहिरो जाँदा अवरुद्ध भएको सडक पनि एकतर्फी सञ्चालनमा आएको छ ।

लमजुङको मर्स्याङ्दी गाउँपालिका ४  र बेशीशहर ६ मा खसेको पहिरोका कारण यो सडकखण्डमा गाडी चल्न सकेका छैनन् ।  यस्तै म्याग्दी जोमसोम सडकखण्डमा पनि गाडी चलेका छैनन् ।

उक्त सडकखण्डमा विभिन्न ठाउँमा पहिरो गएकाले गाडी नचलेको प्रहरीले जनाएको छ । यस्तै साँफे मार्तडी सडकखण्ड पनि अवरुद्ध भएको छ ।

बाजुराको बुढीगंगा नगरपालिका २ अम्कोटमा पहिरो गएकाले यो सडकखण्ड अवरुद्ध भएको हो ।

बिपी राजमार्ग भने एकतर्फी रुपमा सञ्चालनमा आएको छ । सुनकोशी गाउँपालिका २ सिन्धुलीमा पहिरो गएपछि अवरुद्ध सडक एकतर्फी रुपमा सञ्चालनमा आएको प्रहरीले जनाएको छ ।

यस्तै दैलेख सुर्खेत सडकखण्ड पनि अवरुद्ध भएको छ । बिहान साढे ५ बजे गुराँसे गाउँपालिका १ पिपलचौतारा दैलेखमा पहिरो गएकाले यो सडकखण्ड अवरुद्ध भएको हो ।

यस्तै अरनिको राजमार्ग  अन्तर्गत ८ वटा भित्री सडकमा गाडी चलेका छैनन् । पहिरोका कारण ललितपुरको चापागाउँ हेटौंडा सडकखण्ड पनि अवरुद्ध भएको जनाइएको छ ।

वर्षा हुनेक्रम नरोकिएपछि सडकको अवरोध हटाउन अप्ठेरो परेको विभागले जनाएको छ । यद्यपि जतिसक्दो छिटो अवरूद्ध भएका सडक एकतर्फि भए पनि सञ्चालनमा ल्याउने तयारी भएको विभागले जनाएको छ ।

प्रकाशित मिति : २८ असार २०७७, आइतबार  ९ : २६ बजे

नेपाली पर्वहरूले समानताको सन्देश प्रवाह गर्दै आएका छन् : उपराष्ट्रपति यादव

काठमाडौं– उपराष्ट्रपति रामसहाय प्रसाद यादवले नेपालमा मनाइने जनैपूर्णिमालगायत विभिन्न पर्वले

पर्वहरूको मौलिकता जोगाउनु हाम्रो सामूहिक दायित्व : देउवा

काठमाडौं– नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपालीहरूको मौलिक

पर्वतका ३१ विद्यालय विद्यार्थीविहीन, रित्ता विद्यालय रुँग्दै शिक्षक

पर्वत– बढ्दो बसाइँसराइ र गुणस्तरीय शिक्षाको खोजीमा गाउँहरू रित्तिदै जाँदा

प्रधानमन्त्री ओलीबाट जनैपूर्णिमा र रक्षाबन्धनको शुभकामना

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले जनैपूर्णिमा, ऋषि तर्पणी र रक्षा

बसको ठक्करबाट साइकलयात्रीको मृत्यु

सप्तरी– सप्तरीको अग्नीसाईर कृष्णासवरन गाउँपालिका–२ चाँदनी चोकमा बसको ठक्करबाट आज