एक सातामा १ हजार ७ सयले लिए पुनः श्रम स्वीकृति, कसरी जान्छन् विदेश ? « Khabarhub

एक सातामा १ हजार ७ सयले लिए पुनः श्रम स्वीकृति, कसरी जान्छन् विदेश ?



काठमाडौं– सरकारले गत बिहीबारदेखि वैदशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति खुला गरेको छ ।

यससँगै अहिले वैदेशिक रोजगार विभागको कार्यालयमा रोजगारका लागि विदेश जान पुनः श्रम स्वीकृति लिनेहरुको भीडभाड देखिन थालेको छ ।

अहिले दैनिक ३ सयभन्दा बढीले पुनः श्रम स्वीकृति लिने गरेको वैदेशिक रोजगार विभाग अन्तर्गत काठमाडौं कार्यालय ताहचलका प्रमुख उमेश बस्नेतले जानकारी दिए ।

कार्यलयमा स्वास्थ्य प्रोटोकलको मापदण्डअनुसार सेवाग्राहीका लागि लाईन बस्न २/२ मिटरको दुरी कायम हुनेगरी चिन्ह लगाइएको र सोहीअनुसार सबैजनाले दुरी कायम गरी काम भइरहेको उनले खबरहबलाई बताए ।

पुनः श्रम स्वीकृती खुलाएको बिहीबार एक साता पुगेको छ । यद्यपी बिहीबार भने वैदेशिक रोजगार कार्यालय ताहचलमा रोजगार व्यवस्थापन सुचना प्रणालीमा समस्या आएकाले पुनः श्रम स्वीकृतिको काम सुचारु हुन सकेन । तर शुक्रवारबाट नियमित काम भइरहेको बस्नेतले जानकारी दिए ।

बिदामा आएका, भिसा र करार अवधि भएकालाई पुनः श्रम स्वीकृति दिने गरी खुल्ला गरेसँगै शुक्रबारसम्म १ हजार ७ सय ८२ जनाले पुनः श्रम स्वीकृति लिएका छन् ।

पुनः श्रम स्वीकृति लिनेहरुमा १ हजार ५ सय ८६ जना पुरुष छन् भने १ सय ९६ जना महिला छन् ।

सबैभन्दा धेरै युएईमा ८ सय ७५ जनाले पुनःश्रम स्वीकृति लिएका छन् । त्यस्तै जापानका लागि २ सय ७२, कतारका लागि २ सय र मलेसियाका लागि १ सय ६८ जनाले पुनः श्रम स्वीकृति लिएको कार्यालयले जनाएको छ ।

त्यस्तै बहराइन, ब्रुनाइ, जोर्डन, कुवेत, लेवनान, चीन, माल्दिभ्स, माल्टा, ओमान र पोल्याण्डका लागि पनि केही संख्यामा पुनः श्रम स्वीकृति लिइ आइरहेको बस्नेतले बताए ।

कसरी जान्छन् विदेश ?

सरकारले कोरोना भाइरस रोकथाम गर्न गत फागुन ३० गतेबाट श्रम स्वीकृति अनिश्चितकालीन बन्द गरेको थियो ।

चैत्र ११ गतेबाट मुलुक लकडाउन गरेसँगै करिब साढे ३ महिना लामो बन्दाबन्दीपछि यही असार १८ गतेबाट पुनः श्रम स्वीकृति खुलाएको हो ।

यसबीचमा नेपाल आएका तथा भिषा र करार अवधि बाँकी रहेकाहरुले श्रम स्वीकृति लिइरहेका छन् । त्यसैगरी अन्तराष्ट्रिय उडान आगामी साउन ७ गतेसम्मलाई बन्द गरिएको छ ।

अहिले पुनः श्रम स्वीकृति लिएकाहरु लकडाउनका बीच चार्टर्ड उडानमार्फत गन्तव्य मुलुक जाने गर्दछन् । वैदेशिक रोजगार विभागका महानिर्देशक कुमाल दाहालले भने, ‘नियमित उडान नभएकाले पुनः श्रम स्वीकृति लिएकाहरु चार्टर्ड उडानमार्फत गन्तव्य मुलुक जानेछन् ।’

वैदेशिक रोजगारमा जाने कामदारले रोजगारी वा रोजगारदाताको प्रकृति, गन्तव्य मुलुकको हालको अवस्था, सम्बन्धित मुलुकको सरकारको आप्रवासी कामदार सम्बन्धी नीति, कोभिड १९ को प्रभाव र स्वास्थ्य सम्बन्धी मापदण्ड तथा प्रावधान र सम्बन्धित जोखिम समेतको जानकारी लिनुपर्ने दाहालले बताए ।

प्रकाशित मिति : २८ असार २०७७, आइतबार  ३ : ४० बजे

१५औँ अधिवेशन गराएर देउवाले नेतृत्व हस्तान्तरण गर्ने महतको दाबी

काठमाडौं– नेपाली कांग्रेस संस्थापनइतर समूहका नेता डा. प्रकाशशरण महतले पार्टीको १५औँ

सोह्रश्राद्धमा सुनसान कागबेनी (तस्बिरहरू)

कागबेनी– सोह्रश्राद्धका बेला पितृतर्पणका लागि दैनिक हजारौँ तीर्थालु आउने मुस्ताङको

सडक दुर्घटना न्यूनीकरण चालकदेखि नागरिकसम्मको साझा जिम्मेवारी : प्रहरी प्रमुख

काठमाडौं– काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख सुशीलसिंह राठौरले सडक दुर्घटना

सम्पदा संरक्षणका लागि आवश्यक कानुन निर्माणमा पहल गर्छु : सभामुख अर्याल

ललितपुर- प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले नेवार समुदायको भाषा, कला, संस्कृति तथा

कांग्रेसलाई क्रान्तिभूमिको खबरदारी– शहीदको सन्देश नभुल्नू

ओखलढुङ्गा श्री चम्पादेवी र जलजलेश्वर महादेवको धार्मिक आस्थाले रक्षित पवित्र