आज थपिए ८२ कोरोना संक्रमित (जिल्लागत विवरणसहित) « Khabarhub

आज थपिए ८२ कोरोना संक्रमित (जिल्लागत विवरणसहित)


२८ असार २०७७, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपालमा आइतबार थप ८२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या १६ हजार ८०१ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आइतबार नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन् ।

आज ३ हजार ९१६ जनाको पीसीआर परीक्षण भएकोमा ८२ जनामा कोरोना पुष्टि भएको मन्त्रालयले जानकारी दिएको छ ।

कहाँ कति थपिए ?

डा गौतमका अनुसार प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणमा झापाका एकजना र मोरङका २ जना, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा गरिएको परीक्षणमा धनुषाका १९ र सर्लाहीका एकजनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा काठमाडौंका ३ जना र सिन्धुपाल्चोकका एकजना, भरतपुर अस्पतालमा गरिएको परीक्षणमा चितवनका ५ जना, कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौंडामा गरिएको परीक्षणमा मनवानपुरका एकजना र सिन्धुलीका एकजना, त्रिवि शिक्षण अस्पताल महाराजगंजमा गरिएको परीक्षणमा काठमाडौंका २ जना, ललितपुरका एकजना र सोलुखुम्बुका एकजनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला पोखरामा गरिएको परीक्षणमा बाग्लुङका २ जना, नवलपरासी पूर्वका एकजना, पर्वतका २ जना स्याङ्जाका एकजना र तनहुँका ६ जना, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठामा गरिएको परीक्षणमा गोरखाका एकजना र लमजुङका २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा गुल्मीका एकजना र पाल्पाका एकजना, दैलेख प्रयोगशालामा गरिएको परीक्षणमा दैलेखका एकजना, चौरजहारी नगरपालिकाको प्रयोगशालामा गरिएको परीक्षणमा रुकुम पश्चिमका २ जना, सुर्खेत प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा सुर्खेतका ११ जना, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परीक्षणमा कालिकोटका ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै डडेल्धुरा अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा बझाङका एकजना र डडेल्धुराका २ जना, सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा कैलालीका २ जना र दार्चुलाका एकजनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

डा गौतमका अनुसार योसँगै नेपालमा १६ हजार ८०१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

२४ घण्टामा थप १४७ जना निको भए 

पछिल्लो २४ घण्टामा थप १४७ जना कोरोना संक्रमणमुक्त भएका छन्। योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म ८ हजार ५८९ पुगेको छ ।

उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो। मन्त्रालयका हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ३८ पुगेको छ ।

प्रकाशित मिति : २८ असार २०७७, आइतबार  ४ : ३९ बजे

शत्रुलाई ‘झट्का’ दिएको इरानका नयाँ सर्वोच्च नेताको दाबी

तेहरान – इरानका सर्वोच्च नेता मोजतबा खामेनीले शुक्रबार अमेरिका र

ग्यारेजबाट मोटरसाइकल चोरी गर्ने गिरोह पक्राउ

ललितपुर – ललितपुरको महालक्ष्मी नगरपालिका-५ टिकाथलीमा ‘बाइबल हस्पिटल’ नामक मोटरसाइकल

हतुवागढीद्वारा हुरीबतासपीडितलाई सय थान त्रिपाल वितरण

भोजपुर – भोजपुरको हतुवागढी गाउँपालिकाले हुरीबतासबाट प्रभावित परिवारलाई राहतस्वरूप एक

हिमपात र वर्षाले माथिल्लो मुस्ताङमा विद्युत् सेवा अवरुद्ध

मुस्ताङ – माथिल्लो मुस्ताङमा आज दिउँसोदेखि विद्युत् सेवा अवरुद्ध भएको

ट्रम्पले भनेः नाटोमा सहभागी देशहरू कायर छन्

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्धका विषयमा सहयोग