ग्रिज्म्यानले ला लिगाका बाँकी खेल गुमाउने ! « Khabarhub

ग्रिज्म्यानले ला लिगाका बाँकी खेल गुमाउने !


२८ असार २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्पेनिस महारथी बार्सिलोनाका फ्रान्सेली स्टार एन्टोइनी ग्रिज्म्यान चोटग्रस्त भएका छन् ।

बार्सिलोनाले आइतबार दिउँसो ग्रिज्म्यान चोटग्रस्त भएको जानकारी दिएको हो ।

आइतबार बिहान भालाडोलिडविरुद्धको खेलमा दाँया खुट्टामा चोट लागेपछि घाइते बनेका ग्रिज्म्यानले ला लिगाका बाँकी खेल गुमाउन सक्ने बताइएको छ ।

यद्यपि ग्रिज्म्यान कहिलेसम्म टीममा रहने छैनन् भन्ने स्पष्ट पारिएको छैन ।

‘आज बिहान चेक जाँच गर्दा पहिलो टोलीका खेलाडी ग्रिज्म्यान चोट ग्रस्त भएका छन् । उनको दाँया खुट्टामा चोट लागेको छ,’ बार्सिलोनाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘अहिले उनी टोलीमा हुने छैनन् । उनको चोटको मुल्याङ्कन गरी अभ्यासमा फर्काइनेछ ।’

भोलाडोलिडविरुद्ध पहिलो हाफ खेलेका ग्रिज्म्यान दोस्रो हाफमा चोटका कारण मैदान छिरेका थिएनन् ।

उनको स्थानमा लुइस स्वारेज मैदान प्रवेश गरेका थिए । उक्त खेलमा बार्सिलोनाले १–० को साँघुरो जीत हात पारेको थियो ।

प्रकाशित मिति : २८ असार २०७७, आइतबार  ५ : ०५ बजे

सम्झौतामाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत

काठमाडौं– प्रतिनिधिसभाबाट ‘संयुक्त राष्ट्र सङ्घीय सामुद्रिक कानुनसम्बन्धी महासन्धिअन्तर्गतको राष्ट्रिय क्षेत्राधिकारभन्दा

अशोकसँगको सम्बन्धमा किन आयो दरार ? टंक भन्छन्- ‘सडकको बच्चालाई हिरो बनाएर गल्ती गरेँ’

बाल गायकका रूपमा चर्चामा आएका अशोक दर्जीलाई सडकबाट ल्याएर संरक्षण

निर्वाचन क्षेत्रका आलोचक ठेगान लगाउन रास्वपा सांसद गुहारे साइबर ब्युरो, ‘भाग्यो’ भनेर भ्रम फैलाएको जिकिर

काठमाडौं- सामाजिक सञ्जालमार्फत पुराना दल र सरकारलाई प्रश्न तथा आलोचना

गगनलाई नेताहरूको सुझाव : पूर्वसभापति देउवासँग अन्तिम पटक संवाद गर्नुस्

काठमाडौं- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले शेरबहादुर देउवालाई पार्टी प्रणालीभित्र

अख्तियारमा स्थानीय तहसँग सम्बन्धित उजुरी सबैभन्दा धेरै, संघतर्फ भूमि व्यवस्था र संघीय मामिलाका उच्च

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा आर्थिक वर्ष २०८२/८३ मा सबैभन्दा