सलहका दुई झुन्ड फेरि नेपाल प्रवेश « Khabarhub

सलहका दुई झुन्ड फेरि नेपाल प्रवेश


२८ असार २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- आइतबार सलहका दुई वटा झुन्ड नेपाल प्रवेश गरेका छन् ।

सलह सूचना केन्द्रका प्रमुख एवं किट विज्ञ रामकृष्ण सुवेदीले आइतबार बिहान र दिउँसो गरेर दुई वटा झुन्ड नेपाल प्रवेश गरेको जानकारी दिएका हुन् ।

झुन्ड धेरै ठूलो नभएर एक/दुई लाखको संख्यामा रहेको सुवेदीले बताए ।

दिउँसो दाङको राप्ती गाउँपालिकामा सलहको झुन्ड देखिएको हो । यो झुन्ड भारतको बहराइच क्षेत्र हुँदै नेपाल प्रवेश गरेको केन्द्रले जनाएको छ ।

केन्द्रले प्रक्षेपण गरेको ठूला झुन्ड भने नेपाल प्रवेश गरेको छैन । यसअघि सलह सूचना केन्द्रले भारतको राजस्थानबाट उत्तरपूर्वतर्फ हावा बहन थालेपछि झुन्ड नेपाल प्रवेश गर्ने अनुमान गरेको थियो ।

दाङमा सलह प्रवेश गरेपछि राप्ती गाउँपालिकाले कृषकहरुलाई खबर गरेर सचेत हुन आग्रह गरेको छ । दाङमा फेरि सलह देखिएपछि किसान चिन्तित बनेका छन् ।

प्रकाशित मिति : २८ असार २०७७, आइतबार  ६ : ३५ बजे

रेकर्ड यात्रा सकेर घर फर्किए आर्टेमिस टोली

ह्युस्टन– मानव अन्तरिक्ष अन्वेषणको नयाँ अध्याय खोल्दै चन्द्रमाको परिक्रमा गरेर

युट्युबर पोख्रेल पक्राउमा जेन-जी मुभमेन्टको आपत्ति, तत्काल रिहाइको माग

काठमाडौं– युट्युबर रोशन पोख्रेल पक्राउको विषयलाई लिएर जेन-जी मुभमेन्ट नेपालले

आर्थिक समृद्धिको आधार जडीबुटी : प्रशोधन र ‘ब्रान्डिङ’ मा जोड

काठमाडौं– अमूल्य जडीबुटी  तथा जैविक विविधताका दृष्टिले हाम्रो मुलुक विश्वको

राष्ट्रपतिसँग राष्ट्रियसभाका अध्यक्षको भेट

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसँग राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रपति भवनमा

प्रधानमन्त्री बालेनलाई गाली गरेर कन्टेन्ट बनाएको आरोपमा एकजना पक्राउ

काठमाडौं– प्रधानमन्त्री  बालेन (बालेन्द्र) शाहलगायतका नेतालाई  गाली गरेका सामग्री युटुबमा