भारतीय मिडियामा आएको सामग्रीबारे नेपालले पठायो ‘कूटनीतिक नोट’ « Khabarhub

भारतीय मिडियामा आएको सामग्रीबारे नेपालले पठायो ‘कूटनीतिक नोट’


२८ असार २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल र प्रधानमन्त्री केपी शर्मा ओलीका विषयमा केही भारतीय सञ्चारमाध्यमबाट प्रसारित सामग्रीप्रति आपत्ति जनाउँदै नेपालले भारतलाई ‘कूटनीतिक नोट’ पठाएको छ ।

नेपालले कूटनीतिक नोट पठाउँदै भारतीय मिडियामा नेपालविरोधी सामग्री प्रकाशन र प्रसारण नहुने सुनिश्चित गर्न माग गरिएको छ ।

केही भारतीय सञ्चारमाध्यमले नेपाल र नेपाल सरकारका कार्यकारी प्रमुखलाई जोडेर अनर्गल समाचार प्रसारण गरेकामा सरकारले आपत्ति जनाएको हो ।

ती भारतीय माध्यममा आएका नेपालसम्बन्धी पछिल्ला सामग्री गलत, आधारहीन, असंवेदनशील र नेपालको नेतृत्वलाई आरोपित गर्ने खालको भएको नेपाल सरकारको भनाइ छ ।

सरकारले भारतीय सञ्चारमाध्यमबारे बनाएको धारणामा भनिएको छ, “त्यस्ता प्रकारका सामग्रीले गलत सूचना दिने मात्रै नभई न्यूनतम सभ्य समाजको सार्वजनिक प्रतिष्ठालाई क्षतिग्रस्त बनाएको छ । यस्ता प्रकारका प्रभावित सामग्री प्रसारणको अभियानले नेपाल र भारतबीचको भावनामा गम्भीर आघात पुर्‍याउन सक्नेछ ।”

नेपाल र भारतीबीचको जनस्तरको द्विपक्षीय ऐतिहासिक, सांस्कृतिक, आर्थिक र सामाजिक सम्बन्ध तथा अन्य महत्वपूर्ण पक्ष रहेको एवं आपसी सम्बन्ध सार्वभौम समानता, मित्रता, विश्वास र परस्पर सम्मानका आधारमा रहेको नेपालको भनाइ छ ।
आपसी सम्बन्धलाई प्रगाढ बनाउन सञ्चार क्षेत्रले सही सूचनाको प्रवाह तथा सही सोचको निर्माणमा प्रभावकारी र रचनात्मक भूमिका निर्वाह गर्न सक्ने जनाउँदै सरकारले प्रेस स्वतन्त्रताको सीमा र आचारसंहिताका बारेमा पनि स्मरण गराएको छ ।

त्यस प्रकारका गलत, विभाजनयुक्त र घृणायुक्त सामग्रीले नेपाल र नेपाली जनतालाई अवहेलना गरेको जनाउँदै यसले एक्काइसौँ शताब्दीका छिमेकी मुलुकका देशलाई हित नगर्ने पनि स्पष्ट गरेको छ । त्यस्ता सामग्री सम्प्रेषण गर्नेमाथि उपयुक्त कारवाही गर्न र आगामी दिनमा यस्तो नहुने वातावरण निर्माणका लागि भारतीय पक्षसँग आग्रह गरिएको छ ।

 

प्रकाशित मिति : २८ असार २०७७, आइतबार  १० : १८ बजे

‘गण्डकी प्रदेशस्तरीय गाउँ पर्यटन मार्ट २०८३’ बन्दीपुरमा हुने

गण्डकी– तनहुँको बन्दीपुरमा गण्डकी प्रदेशस्तरीय गाउँ पर्यटन मार्ट २०८३ आयोजना

हत्या गरेको अभियोगमा एकजना पक्राउ

बाँके– बैजनाथ गाउँपालिका-५ छमनिया बस्ने ५१ वर्षीया भगवनी थारूको हत्या गरेको अभियोगमा

मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ

कास्की– मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको अभियोगमा दुई जनालाई आइतबार प्रहरीले

कोइराला किल्ला भत्काउने रुबिना भन्छिन्– ‘निर्वाचित विषय विज्ञ सांसदलाई मन्त्री बनाउनुपर्छ’

काठमाडौं- २२ वर्षदेखि उज्वल थापाको ‘नेपाल खुल्ला छ’ अभियानमा जोडिएकी

नेपालमा पर्याप्त आइरहेको छ ग्यास-तेल, सरकार चुपलाग्दा उपभोक्तालाई सास्ती

काठमाडौं- अमेरिका–इजरायलले इरानमाथि गरेको आक्रमणको दुई हप्ता बढी समय भएको