इंग्लिस प्रिमियर लिग फुटबल : वोल्भ्ससँग एभर्टन पराजित « Khabarhub

इंग्लिस प्रिमियर लिग फुटबल : वोल्भ्ससँग एभर्टन पराजित


२८ असार २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत वोल्भ्स (वोल्भरहेमटन वन्डर्स) ले एर्भटनमाथि सहज जीत हात पारेको छ ।

वोल्भ्सको घरेलु मैदानमा भएको खेलमा पाहुना टोली एभर्टन ३–० गोल अन्तरले पराजित भएको हो ।

खेलको पहिलो हाफमा थप गरिएको समयमा एभर्टनका खेलाडीले फाउल गर्दा वोल्भ्सले पेनाल्टी अवसर पाएको थियो ।

उक्त पेनाल्टी प्रहार गरेका राउल जिमेनिजले गोल गरेपछि पहिलो हाफ १–० गोल अन्तरले सकिएको थियो ।

दोस्रो हाफको दोस्रो मिनेट अर्थात् ४६ औं मिनेटमा वोल्भ्सका लेन्डर डेन्डोनकेरले गोल गर्दै टिमलाई २-० स्थितमा पुर्‍याए ।

त्यसैगरी ७४ औं मिनेटमा वोल्भ्सले थप एक गोल गरेको थियो ।  वोल्भ्सका डिओगो जोटाले टीमका लागि तेस्रो गोल गरेका थिए ।

जीतसँगै वोल्भ्सले ३५ खेलबाट ५५ अंक जोडेर अंक तालिकाको छैटौं स्थानमा छ । पराजित एर्भटन भने ४५ अंकसहित ११ औं स्थानमा छ ।

प्रकाशित मिति : २८ असार २०७७, आइतबार  ८ : १९ बजे

दैलेखका तीन हजार बढी सुकुमवासी लालपुर्जाको पर्खाइमा

दैलेख– कर्णाली प्रदेशको पहाडी भूगोलमा अवस्थित दैलेख जिल्लामा परापूर्वकालदेखि खोला

काभ्रेमा मतदाता नामावलीबाट २ हजार ६०२ जनाको नाम हटाइयो

बनेपा – काभ्रेमा मृत्यु, दोहोरो दर्ता र नागरिकता परित्याग गरेका २

मध्यावधि चुनावअघि अमेरिकाले इरानमाथि आक्रमण नगर्ने

काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी नोभेम्बरमा हुने अमेरिकी मध्यावधि

सुनचाँदीको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । सुन तोलामा

कोरला नाकाबाट ५४३ टन फलफूल आयात

मुस्ताङ– चीनबाट एघार दिनको अवधिमा पाँच सय ४३ टन फलफूल