म्याग्दीको पहिरोमा बेपत्ता थप एकको शव फेला « Khabarhub

म्याग्दीको पहिरोमा बेपत्ता थप एकको शव फेला


२८ असार २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

म्याग्दी- म्याग्दीको धवलागिरि गाउँपालिका-६, मराङमा तीन दिनअघिको पहिरोमा हराइरहेका थप एकजनाको शव भेटिएको छ।

मराङको कुम्रीका खिमबहादुर जुग्जालीको शव भेटिएसँगै म्याग्दीको धवलागिरि, मालिका र रघुगङ्गा गाउँपालिकामा शुक्रबारको पहिरोमा परिएर मृत्यु हुनेको संख्या २८ जना पुगेको प्रहरी नायव उपरीक्षक किरनजङ्ग कुँवरले जानकारी दिए।

प्रहरीका अनुसार बेपत्ता भएका तीनजना जीवितै सम्पर्कमा आएका छन्। चारजना अझै बेपत्ता छन्।

मराङका १९, मालिका-७ बिमका आठ र रघुगङ्गा-६ ठाडाखानीका एकजनाको शव भेटिएको छ।

पहिरोले पुरिएका मालिका-७, बिमकी एलिसा केसी, धवलागिरि-६ कल्लेनीकी जनिमा केसी, सबिन पुन र दुखुखोलामा बेपत्ता भएकी मालिका-६ की गीता रोका भेटिएका छैनन्।

प्रहरीका अनुसार पहिराको जोखिममा रहेका धवलागिरि गाउँपालिकाका ५९०, मालिकाका १९६, रघुगङ्गाका ८५ र बेनी नगरपालिकाका २५ जनालाई सुरक्षित ठाउँमा सारिएको छ।

पहिरोमा घाइते भएका १२ जनाको हेलिकप्टरबाट उद्धार गरिएकामा सातजनाको बेनी अस्पताल, एक जनाको काठमाडौं र चारजनाको मणिपाल शिक्षण अस्पताल पोखरामा उपचार भइरहेको छ।

प्रकाशित मिति : २८ असार २०७७, आइतबार  १० : ०६ बजे

आइसिसी महिला टी-२० विश्वकप छनोट: पहिलो खेलमा आज थाइल्याण्डसँग भिड्दै नेपाल

काठमाडौं – नेपालको आयोजनामा आजदेखि आइसिसी महिला टी-२० विश्वकप ग्लोबल

राष्ट्रिय सभाको अधिवेशन आजदेखि : बैठक सिंहदरबारमा बस्ने

काठमाडौं – राष्ट्रिय सभाको १९औँ अधिवेशन आइतबारदेखि सुरु हुँदैछ। नयाँ

निर्वाचन ४६ दिन बाँकीः आचारसंहिता पालनामा जिम्मेवार बन्न आग्रह

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता कार्यान्वयन एवं निर्वाचन अधिकृतको

अमेरिकी डलर उच्च बिन्दुमा : कुन विदेशी मुद्राको मूल्य कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

सूर्य देवको पूजा विधि के हो ?

काठमाडौं – आज २०८२ साल माघ ४ गते आइतबार ।