सुरक्षा सतर्कता पालना नगर्ने २ हजारलाई कारबाही « Khabarhub

सुरक्षा सतर्कता पालना नगर्ने २ हजारलाई कारबाही


२८ श्रावण २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन- कोरोना सङ्क्रमणको समयमा सुरक्षा सतर्कता नअपनाई हिँड्ने र यात्रा गर्नेलाई चितवन प्रशासनले कडाइ गरेको छ ।

लकडाउन खुले पनि कोरोना भाइरस सङ्क्रमणको जोखिम उस्तै रहेको भन्दै प्रशासनले सुरक्षा सतर्कता नअपनाउने दुई हजार २०० जनालाई कारबाही गरेको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता सूर्यबहादुर थापाका अनुसार यही साउन १७ गतेदेखि सोमबारसम्म उनीहरुलाई नियन्त्रणमा लिई कारबाही गरिएको हो ।

मास्क नलगाइ हिँड्ने तथा सवारी साधनमा यात्रा गर्नेलाई रु १०० देखि ५०० सम्म जरिवाना गरिएको उनले जानकारी दिए । मास्क नलगाई हिँड्ने व्यक्तिको हकमा रु १०० तथा विना मास्क सवारी चलाउने चालकलाई रु ५०० जरिवाना गरिएको छ ।

व्यक्तिको हकमा सङ्क्रामक रोग नियन्त्रण ऐन, २०२० अनुसार रु १०० जरिवाना गरिएको उनले बताए । सोही अनुसार उनीहरुबाट रु दुई लाख ३६ हजार राजश्व सङ्कलन भएको उनले बताए । जिल्ला प्रशासन कार्यालय चितवनले गरेको निर्णयानुसार नै जरिवाना गरिएको उनको भनाइ छ ।

लकडाउन खुकुलो भए पनि कोरोनाको सङ्क्रमण बढेपछि जिल्लामा उच्च सतर्कता अपनाइएको छ । जिल्ला भित्रने नाकाहरुमा जाँचलाई कडाइ गरिएको छ भने पैदलयात्रीलाई स्क्रिनिङ गरेरमात्र पठाउने गरिएको उनले बताए ।

प्रकाशित मिति : २८ श्रावण २०७७, बुधबार  ६ : १० बजे

पश्चिम एसिया द्वन्द्वका कारण छ लाखभन्दा बढी यात्रु भारत फर्किए

नयाँदिल्ली – अमेरिका–इजरायल र इरानबीचको द्वन्द्व दोस्रो महिनामा प्रवेश गरिरहँदा

गृहमन्त्री नपाएका डिपीलाई रास्वपाले सभामुखमा अघि सार्ने

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीको स्थापनाकालदेखि नै उपसभापति बनेका डिपी

गृहमन्त्री गुरुङ त्रिभुवन विमानस्थलको अनुगमनमा

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ अनुगमनका लागि त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल

फेरि बढ्यो डिजेल र पेट्रोलको मूल्य (सूचीसहित)

काठमाडौं – इन्धनको मूल्यमा फेरि वृद्धि गरिएको छ। नेपाल आयल

व्यापारी भट्टमाथि १० दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति

काठमाडौं – जिल्ला अदालतले सम्पत्ति शुद्धिकरण कसुरमा व्यापारी दीपक भट्टमाथि