आज देशका अधिकांश क्षेत्रमा मेघगर्जन र चट्याङसहित पानी पर्ने अनुमान | Khabarhub Khabarhub

आज देशका अधिकांश क्षेत्रमा मेघगर्जन र चट्याङसहित पानी पर्ने अनुमान


२८ श्रावण २०७७, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- आज देशका अधिकांश भू-भागमा समान्यदेखि पूर्ण बदली रही सबै प्रदेशहरूका थोरै-थोरै स्थानहरूमा अहिले हल्का वर्षा भइरहेको छ।

आगामी २४ घण्टा देशका धेरै स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको अनुमान छ।

बागमती, प्रदेश ५ , गण्डकी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरू साथै प्रदेश १, प्रदेश २ र कर्णाली प्रदेशका १/२ स्थानहरूमा भारी वर्षाको समेत सम्भावना देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाले उक्त स्थानहरू भएर बहने नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भू-क्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल/पानीको राम्रो निकास नभएको ठाउँमा डुबान समेत हुन सक्ने भएकोले सतर्कता अपनाउन अनुरोध गरेको छ।

भोलि र पर्सि दुई दिन पनि प्राय: सबै प्रदेशमा पानी पर्ने महाशाखाको अनुमान छ।

जल तथा मौसम पूर्वानुमान महाशाखाले जारी गरेको आगामी तीन दिनको मौसम पूर्वानुमान

साउन २८ गते (बुधबार)

दिउँसो : देशभर सामान्य बदली रही धेरै स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ । प्रदेश नं ५ , गण्डकी प्रदेश, र सुदुर पश्चिम प्रदेशका थोरै स्थानहरुमा साथै प्रदेश नं १, प्रदेश नं २ र कर्णाली प्रदेशका १-२ स्थानहरुमा भारी वर्षाको समेत सम्भावना छ ।

राति : देशभर सामान्य वदली रही धेरै स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ । बाग्मती प्रदेश, प्रदेश नं ५ र सुदुर पश्चिम प्रदेशका थोरै स्थानहरुमा साथै गण्डकी प्रदेश र कर्णाली प्रदेशका एक वा दुई स्थानहरुमा भारी वर्षाको समेत सम्भावना छ ।

साउन २९ गते (बिहीबार)

दिउँसो : देशभर सामान्य बदली रही धेरै स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ । गण्डकी प्रदेश ,प्रदेश नं ५ , कर्णाली प्रदेश, र सुदुर पश्चिम प्रदेशका थोरै स्थानहरुमा साथै प्रदेश नं २ र बाग्मती प्रदेशका एक वा दुई स्थानहरुमा भारी वर्षाको समेत सम्भावना छ ।

राति : देशभर सामान्य वदली रही केही स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ । प्रदेश नं १, बाग्मति प्रदेश, गण्डकी प्रदेश, र सुदुर पश्चिम प्रदेशका एक वा दुई स्थानहरुमा भारी वर्षाको समेत सम्भावना छ ।

साउन ३० गते (शुक्रबार)

दिउँसो : देशभर सामान्य बदली रही केही स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ । गण्डकी प्रदेश ,प्रदेश नं ५ , कर्णाली प्रदेश, र सुदुर पश्चिम प्रदेशका १-२ स्थानहरुमा भारी वर्षाको समेत सम्भावना छ ।

राति : देशभर सामान्य वदली रही केही स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ । कर्णाली प्रदेश, र सुदुर पश्चिम प्रदेशका का एक वा दुई स्थानहरुमा भारी वर्षाको समेत सम्भावना छ ।

प्रकाशित मिति : २८ श्रावण २०७७, बुधबार  ६ : २७ बजे

१२ वर्षमा एक हजार दुई सयको मिर्गौला प्रत्यारोपण

भक्तपुर । सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले स्थापनाको १२ वर्षमा

भूक्षयबाट जोगाउन सनवोरामा जैविक तटबन्ध

कञ्चनपुर । भूक्षयबाट जोगाउन कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा रहेको सनवोरा नदीमा

कतारसँग नेपालको व्यापार : सानो तर सधैँ घाटामा

काठमाडौं – अन्तरदेशीय व्यापारमध्ये कतारसँग नेपालको व्यापार हिस्सा सानो परिमाणमा

‘भाइरल गोर्खे’ को छायांकन सुरु

काठमाडौं । फिल्म ‘भाइरल गोर्खे’को छायांकन लमजुङबाट सुरु गरिएको छ

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत

काठमाडौं । आसन्न लगानी सम्मेलनलाई केन्द्रित गरी नेपाल सरकारले विभिन्न