विश्वमा कोरोना संक्रमित संख्या २ करोड नाघ्यो « Khabarhub

विश्वमा कोरोना संक्रमित संख्या २ करोड नाघ्यो


२८ श्रावण २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – विश्वमा कोरोना भाइरस संक्रमितको संख्या २ करोड नाघेको छ । वल्डोमिटर्सको बुधबार बिहानको तथ्यांकअनुसार अहिलेसम्म विश्वमा कोरोना संक्रमितको संख्या २ करोड ५ लाख २ हजार १२६ पुगेको छ ।

कोरोना भाइरस संक्रमणबाट ७ लाख ४४ हजार ५१६ जनाले ज्यान गुमाएका छन् । संक्रमितमध्ये ६३ लाख ३३ हजार ४३१ जनामा सक्रिय संक्रमण छ । उनीहरुमध्ये ६४ हजार ४३१ जनाको अवस्था गम्भीर छ ।

संक्रमित १ करोड ३४ लाख २४ हजार १७९ जनाले कोरोनालाई जितेका छन् ।

चीनको वुहानबाट सुरु भएको कोरोनाको संक्रमण अहिले विश्वका २१६ देशमा फैलिएको छ । कोरोनाको संक्रमण सबैभन्दा धेरै अमेरिकामा फैलिएको छ ।
अमेरिकामा संक्रमित संख्या ५३ लाख ४ हजार ३६२ पुगेको छ । बितेको २४ घण्टामा ५२ हजार ९२४ संक्रमित थपिएका छन् ।

त्यस्तै २४ घण्टाको अवधिकमा संक्रमित १ हजार ३९५ जनाले ज्यान गुमाएका छन् । अहिलेसम्म अमेरिकामा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ लाख ६७ हजार ५८७ पुगेको छ ।

अझै २३ लाख ८१ हजार ६८८ जनामा सक्रिय संक्रमण रहेको छ भने उनीहरुमध्ये १७ हजार ३९९ को अवस्था गम्मीर छ ।

संक्रमित २७ लाख ५५ हजार ८७ जनाले कोरोना जितेका छन् ।

संक्रमण दरले अमेरिकापछि दोस्रो स्थानमा ब्राजिल छ ।

ब्राजिलमा कोरोना संक्रमितको संख्या ३१ लाख १२ हजार ३९३ पुगेको छ । २४ घण्टामा ५४ लाख ९२३ संक्रमित थपिएका छन् । त्यस्तै बितेको २४ घण्टामा ब्राजिलमा १ हजार २४२ जनाले ज्यान गुमाएका छन् । योसँगै ज्यान गुमाउनेको संख्या १ लाख ३ हजार ९९ पुगेको छ ।

संक्रमित २२ लाख ४३ हजार १२४ जना कोरोनालाई जितेर घर फर्किएका छन् । ७ लाख ७७ हजार १७० जनामा सक्रिय संक्रमण छ । जसमध्ये ८ हजार ३१८ जनाको अवस्था गम्भीर छ ।

हालसम्म कोरोनाको कुनै पनि औषधि तथा खोप पत्ता लागिसकेको छैन । यद्यपि विश्वका थुप्रै देशमा कोरोना संक्रमण निको पार्ने खोप विकासको प्रयास भइरहेका छन् । कितपय देशमा खोपको क्लिनिकल परीक्षण पनि भइरहेको छ ।

प्रकाशित मिति : २८ श्रावण २०७७, बुधबार  ६ : ५५ बजे

सुदूरपश्चिम प्रदेशसभा बैठक स्थगित

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेशसभाको बैठक यही २४ गते बस्ने भएको छ

पहिरो खसेर कर्णालीबासीलाई सताइरहने गगने खोला क्षेत्र (तस्बिरहरू)

कालिकोट– सुर्खेतदेखि जुम्लासम्म ट्रयाक जोडिएको दुई दशक भइसक्दा पनि कर्णाली

मधेसमा विद्युत् चुहावट घट्दै, दुई महिनामा २० करोडभन्दा बढी बक्यौता असुली

जनकपुरधाम– पछिल्ला केही वर्षयता मधेस प्रदेशमा विद्युत् चुहावट निरन्तर घट्दै

शरद् ऋतुमा ३१ हिमाल आरोहणका लागि ७० देशका ७८८ आरोहीलाई अनुमति

काठमाडौँ– शरद् ऋतुमा ३१ हिमाल आरोहणका लागि ७८८ जनाले अनुमति

कांग्रेस महाधिवेशन : मतदानको समय दिउँसो १ बजेका लागि सर्‍याे

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि