बुटवलको कोरोना अस्पतालमा २ जनाको मृत्यु, एक जना संक्रमित, एकको रिपोर्ट आउन बाँकी « Khabarhub

बुटवलको कोरोना अस्पतालमा २ जनाको मृत्यु, एक जना संक्रमित, एकको रिपोर्ट आउन बाँकी


२८ श्रावण २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बुटवल– रुपन्देहीको बुटवलस्थित कोरोना विशेष अस्पतालमा उपचारत २ जनाको मृत्यु भएको छ । कोरोना लक्षण देखिएर अस्पतालमा भर्ना गरिएका कपिलवस्तुका २५ वर्षीय एक जना र ४२ वर्षीय अर्का पुरुषको मंगलबार राति मृत्यु भएको हो ।

सघन उपचारमा रहेका ७ जनामध्ये २ जनाको मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका प्रवक्ता डा. विष्णु गौतमले बताए ।

कोरोना भाइरसको लक्षण देखिएर यही साउन २५ गते भर्ना भएका कपिलवस्तुका ४२ वर्षीय पुरुषमा २५ गते नै पीसीआर परीक्षणमा कोरोना पोजिटिभ देखिएको थियो । उनको अवस्था गम्भीर भएपछि भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो ।

कपिलवस्तुकै २५ वर्षीय अर्का युवाको पनि कोरोना बिशेष अस्पतालमा मृत्यु भएको अस्पतालले जानकारी दिएको छ । मंगलबार नै कोरोनाको लक्षण देखिएपछि उनलाई लुम्बिनी प्रादेशिक अस्पतालबाट कोरोना विशेष अस्पतालमा लगेर भेन्टिलेटरमा राखिएको थियो ।

मध्यरातिबाट समस्या बढ्दै गएपछि उनको मृत्यु भएको अस्पतालले जनाएको छ । यी २५ वर्षे मृतकको पीसीआर रिपोर्ट आउन बाँकी छ । अस्पतालले उनलाई कोरोनाकै मापदण्डमा राखेर उपचार गरेको प्रवक्ता डा. गौतमले बताए ।

मृतक एक जना कृष्णनगरका र अर्का तौलिहवाका हुन् ।

प्रकाशित मिति : २८ श्रावण २०७७, बुधबार  ९ : ५२ बजे

पत्रकार किलम्बूलाई ‘हरिलाल–श्रीलक्ष्मी स्मृति’ पत्रकारिता पुरस्कार

भक्तपुर– यस वर्षको ‘हरिलाल–श्रीलक्ष्मी स्मृति पत्रकारिता पुरस्कार’ कान्तिपुर टेलिभिजनका पत्रकार

हरिशयनी एकादशीका अवसरमा बूढानीलकण्ठमा भक्तजनको भीड (तस्बिरहरू)

काठमाडौँ– प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घर घरमा तुलसीको

एक वर्षमा एक लाख २७ हजार बढी चिठीपत्र तथा हुलाक सामग्री ओसारपसार

कैलाली– मोबाइल, इमेल र सामाजिक सञ्जालको बढ्दो प्रयोगले परम्परागत हुलाक

बुध्द एयरले थप्यो एटीआर–७२–६०० विमान, कम भिजिबिलिटीमै उडान भर्न सक्ने

काठमाडौँ– बुध्द एयरले एटीआर–७२–६०० विमान भित्र्याएको छ । कम्पनीले जारी

रास्वपाद्वारा सांसद पौडेलमाथि भएको प्रहारको भर्त्सना

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलले रौतहट निर्वाचन क्षेत्र