सागका पाकिस्तानी तीन खेलाडी एन्टी डोपिङमा असफल, खोसियो पदक « Khabarhub

सागका पाकिस्तानी तीन खेलाडी एन्टी डोपिङमा असफल, खोसियो पदक


२८ श्रावण २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा एथ्लेटिक्स तर्फ स्वर्ण र कास्य पदक विजेता तीन पाकिस्तानी खेलाडी डोपिङमा असफल भएका छन् । बुधबार

नेपाल ओलम्पिक कमिटिले विज्ञप्ति जारी सागमा स्वर्ण विजेता मोहम्मद नाइम, मेहबुब अली र कास्य पदक विजेता सामी उल्लाह डोपिङमा असफल भएको जनाएको छ ।

पहिलो परीक्षणमा तीनै जना असफल भएपछि दोस्रो स्याम्पल टेस्टका लागि आव्हान गरिएको थियो । जसमा नाइम र अलीले वल्ड एन्टी डोपिङ एजेन्सीले मान्यता दिएको कतारस्थित ल्याबमा दुई पटक युरिन स्याम्पल टेष्ट गर्दा पोजेटिभ देखिएपछि दुवै खेलाडीलाई २०१९ डिसेम्बर देखि लागु हुनेगरी २०२३ डिसेम्बरसम्मको लागि निलम्बन गरिएको छ ।

यस्तै, पहिलो सामी उल्लाहको पहिलो स्याम्पल टेस्टमा पोजेटिभ आएको थियो । तर, उनले दोस्रो पटक स्याम्पल टेस्ट गराएका छैनन् ।

नाइमले काठमाडौंमा भएको एथ्लेटिक्समा सय मिटर हडल्र्समा स्वर्ण जितेका थिए भने अलीले चार सय मिटर हर्डल्समा स्वर्ण जितेका थिए । दुवै स्याम्पलमा असफल भएपछि खेलाडीहरुले आफ्नो नतिजा स्वीकारेपछि उनीहरुको मेडल खोसिएको छ भने उनीहरु ४ वर्षका लागि प्रतिबन्ध समेत लगाइएको छ ।

प्रकाशित मिति : २८ श्रावण २०७७, बुधबार  १ : १८ बजे

नेपाल उद्योग वाणिज्य महासंघले सार्वजनिक गर्‍यो नयाँ चुनावी मिति

काठमाडौं- नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को वार्षिक साधारणसभा तथा

‘अनलाइन पोर्टल’ मार्फत समस्या दर्ता गराउन नेपाली दूतावास यूएईको आग्रह

काठमाडौं – संयुक्त अरब इमिरेट्सको राजधानी अबुधाबीस्थित नेपाली दूतावासले वैदेशिक

नवनियुक्त दुई मन्त्रीद्वारा शपथ ग्रहण (तस्बिरहरू)

काठमाडौं – नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीमा गौरीकुमारी यादव र

आयल निगमलाई पाक्षिक ७ अर्ब ८२ करोड घाटा

काठमाडौँ– नेपाल आयल निगमले पेट्रोलियम पदार्थ विक्रि गर्दा पाक्षिकरुपमा ७

उपसभामुख ठाकुरले लिइन् शपथ (तस्बिरहरू)

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा सभामुख डोलप्रसाद अर्यालबाट नवनिर्वाचित