न्युजिल्याण्डमा १०२ दिनपछि फेरि भेटिए कोरोना सङ्क्रमित « Khabarhub

न्युजिल्याण्डमा १०२ दिनपछि फेरि भेटिए कोरोना सङ्क्रमित


२८ श्रावण २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वेलिङ्टन – कोरोना सङ्क्रमणमुक्त भनेर घोषणा गरिएको न्युजिल्याण्डमा १०२ दिनपछि फेरि सङ्क्रमित भेटिएका छन् ।

सरकारी अधिकारीहरुले चार जना नयाँ सङ्क्रमित भेटिएको पुष्टि गरेका छन् तर उनीहरु समुदायबाट सङ्क्रमित नभएको पनि स्पष्ट पारेका छन् ।

अमेरिकाबाट प्रकाशित हुँदै आएको वासिङ्टन पोष्टले न्युजिल्याण्डकी प्रधानमन्त्री जासिन्डा अर्डेर्नलाई उद्धृत गर्दै समाचार लेखेको छ ।

समाचारमा प्रधानमन्त्री जासिन्डाले कोरोनाको सङ्क्रमण फैलिन नदिनका लाग मुलुकमा फेरि प्रतिबन्धात्मक व्यवस्थाहरु लागु गर्न लागेको उल्लेख छ ।

उनले सबैलाई घरमै बस्न र मास्क लगाउने, सामाजिक दुरी कायम गर्नेलगायतका आधारभूत सतर्कताहरु अपनाउन आग्रह गरेकी छिन् ।

अहिले सङ्क्रमित भएकामध्ये पहिलो सङ्क्रमित झण्डै ५० वर्षका रहेका र उनको अन्तर्राष्ट्रिय यात्राको विवरण नरहेको अधिकारीहरुले जनाएका छन् । त्यसपछि परिवारका सबै सदस्यको परीक्षण गर्दा तीनै जनामा सङ्क्रमण देखिएको थियो ।

प्रधानमन्त्री जासिन्डाले कोरोनाका विरुद्धमा सबैजना फेरि एकपटक एकजुट भएर लड्ने र परास्त गरिछाड्ने बताएकी छिन् ।

प्रकाशित मिति : २८ श्रावण २०७७, बुधबार  २ : २९ बजे

आगामी वैशाख १२ देखि स्वयम्भू महोत्सव

काठमाडौं – काठमाडौं महानगरपालिकाले आगामी वैशाख १२ देखि स्वयम्भू महोत्सव

आइतबारदेखि वर्षा पश्चिमतिर विस्तार हुने

काठमाडौं – पछिल्लो तीन दिनदेखि नेपालको गण्डकीदेखि कोशीसम्म वर्षा भइरहेकामा

हाँडेभिर–बगरफाँट–भकिम्ली सडक स्तरोन्नति गरिँदै

म्याग्दी – ट्र्याक खुलेको १८ वर्षपछि हाँडेभिर–बगरफाँट–दुधेखोला हुँदै भकिम्ली जोड्ने

गोरखा दुर्घटना अपडेट : ज्यान गुमाउने सातै जना भारतीय नागरिक

गोरखा – मनकामना मन्दिर दर्शन गरेर फर्कँदै गरेका तीर्थयात्री चढेको

अमेरिकी सेनाका उच्च अधिकारी जनरल भोवेल आइतबार काठमाडौं आउँदै

काठमाडौं – अमेरिकी सेना प्रशान्त (युएसएआरपीएसी) का उप–कमाण्डिङ जनरल जोएल