फेसबूकले हटायो ७० लाख भ्रामक पोस्ट | Khabarhub Khabarhub

फेसबूकले हटायो ७० लाख भ्रामक पोस्ट


२८ श्रावण २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कोरोना भाइरसबारे भ्रामक र गलत जानकारी फैलाउने पोस्टलाई फेसबूकले हटाउन थालेको छ । सामाजिक सञ्जाल फेसबूकले मंगलवारसम्म करीब ७० लाख गलत सूचना दिने पोस्ट हटाएको जनाएको छ ।

तीमध्ये कति पोस्ट कोरोना भाइरसबाट बच्ने उपायबारे गरिएका पोस्टहरू रहेको जनाइएको छ ।

फेसबुकका अनुसार कम्पनीले रिपोर्ट गरिएका ती पोस्टहरूको विश्वसनीयता थाहा पाउनका लागि विशेषज्ञलाई पनि बोलाएको थियो ।

फेसबूक पहिलेदेखि नै आफ्नो प्लेटफर्ममा देखिने भ्रामक र गलत समाचार रोक्ने प्रयासमा छ । साथै फेसबूकले यस्ता पोस्ट हटाउन निरन्तर काम गर्ने पनि जनाएको छ ।

फेसबूकले आफ्नो फ्ल्यागशीप एपका माध्यमबाट घृणा फैलाउने २ करोड २५ लाख भाषण पनि हटाएको छ । पहिलेको तुलनामा यो आँकडा धेरै हो ।

फेसबुकले आतंकवादी संगठनसँग जोडिएका करीब ८७ लाख पोस्ट पनि हटाएको छ । यसअघि फेसबूकले ६३ लाख पोस्ट हटाएको थियो ।

फेसबूकले संगठित घृणा फैलाउने पेजहरूलाई पनि हटाएको जनाएको छ ।

प्रकाशित मिति : २८ श्रावण २०७७, बुधबार  ३ : ५३ बजे

टाइब्रेकरमा चुक्यो नेपाल, उज्बेकिस्तान एसियन कपमा छनोट

काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टोली एएफसी महिला एसियन

कर्णाली राजमार्ग अवरुद्ध हुन नदिन ठाउँठाउँ डोजर तैनाथ

कालीकोट – कर्णाली राजमार्गलाई वर्षायाममा बाढी र पहिरोका कारण अवरुद्ध

उज्बेकिस्तानसँग पहिलो हाफमा नेपाल ३–१ पछाडि

काठमाडौं – एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत समूह ‘एफ’को

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’