कोरोना भाइरस प्रभाव: राष्ट्रिय फुटबल टोलीको अभ्यास पनि स्थगित « Khabarhub

कोरोना भाइरस प्रभाव: राष्ट्रिय फुटबल टोलीको अभ्यास पनि स्थगित


२८ श्रावण २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – विश्व फुटबलको नियामक निकाय फिफा र एसियन फुटबल फेडेरेस (एएफसी)ले अक्टोबरमा हुने तय भएको खेल स्थगित गरेपछि अखिल नेपाल फुटबल संघ (एन्फा) ले पनि अभ्यास तत्कालका लागि रोक्ने भएको छ ।

फिफा र एएफसीले बुधबारमात्रै विश्वकप २०२२ तथा एएफसी एसियन कप २०२३ अन्तर्गतका खेल सारेर २०२१ मा गर्ने निर्णय गरेका थिए ।

उक्त निर्णय आएसँगै एन्फाले पनि भदौ १ बाट सुरु गर्ने भनेको राष्ट्रिय टोलीको अभ्यास रोकेको बताएको छ ।

एन्फाले साउन १७ गतेदेखि खेलाडीलाई अभ्यासका लागि बोलाएर क्वारेटाइनमा राखेको थियो । राजधानीबाहिरबाट आएका खेलाडीलाई त्रिपरेश्वरस्थित होटलमा क्वारेन्टाइनका रुपमा राखेको एन्फाले अब अभ्यास रोकिएसँगै खेलाडी घर फर्किनेछन् ।

एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पाले फिफा र एएफसीले अर्को मिति तय नगरेसम्मका लागि अभ्यास पनि रोकिएको बताएका छन् ।

फिफा विश्वकप छनोटअन्तर्गत नेपालले तीन खेल खेल्न बाँकी छन्। जुन अक्टोबर ८ देखि दशरथ रंगशालामा हुने तय भएका थिए । चाइनिज ताइपेइ, जोर्डन र अस्ट्रेलियासँग घरेलु मैदानमा खेल्न बाँकी छ ।

एन्फाले सोमबार र मंगलबार ३४ खेलाडीसहित ५४ जनाको कोरोना परिक्षण गराएको थियो । योसँगै अब खेलाडी लामो समय मैदानबाहिर रहने पक्का भएको छ ।

छनोटको दोस्रो चरणको समूह बी मा रहेको नेपालले पाँच खेल खेलिसकेको छ । जसमध्ये चार खेलमा हार र एक खेलमा जित निकालेका थियो । छनोटका बाँकी तीन खेल नेपालले घरेलु मैदान दशरथ रंगशालामा खेल्ने तय भएको थियो ।

प्रकाशित मिति : २८ श्रावण २०७७, बुधबार  ४ : ०१ बजे

बालेन सरकारले अपारदर्शी ढंगले विदेशी ऋण लिएको एमाले महासचिव पोखरेलको आरोप

काठमाडौँ – नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले वालेन्द्र शाह

गोली हानेर काठमाडौँको पिंगलास्थानबाट खैरो हेरोइन कारोबारी पक्राउ

काठमाडौँ– काठमाडौँको गौशाला नजिकै पिंगलास्थानबाट लागूऔषध कारोबारको आशंकामा दुई भारतीय

स्वास्थ्य सेवामा चुनौती बन्दै नसर्ने रोग : कसरी टार्ने जनशक्ति अभाव ?

काठमाडौँ – विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को स्थापना दिवसको अवसरमा

रोशीको बाढी जोखिम बुझ्न गृहमन्त्री गुरुङ काभ्रे जाँदै

काठमाडौँ – गृहमन्त्री सुधन गुरुङ आज काभ्रेको रोशी खोला क्षेत्रको

पूर्वीनाका काकरभिट्टाबाट २४ जना बिचौलिया पक्राउ

झापा– पूर्वीनाका काँकडभिट्टामा यात्रु तानातान गरिरहेका २४ जना बिचौलियालाई सोमबार