काठमाडौँको साँखुमा ३ जनालाई कोरोना संक्रमण पुष्टि « Khabarhub

काठमाडौँको साँखुमा ३ जनालाई कोरोना संक्रमण पुष्टि


२८ श्रावण २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ –  काठमाडौँको शङ्खरापुर नगरपालिका साखुमा तीन जना कोरोना भाइरसका संक्रमित भेटिएका छन् ।

नगरपालिका– ९ मा दुई  र वडा नं ७ मा एक गरी तीन जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । वडा नं ९ का एकै परिवारका आमा – छोराको पिसिआर रिपोर्ट पोजेटिभ आएको वडाध्यक्ष घनश्याम थापाले बताए ।

संक्रमितको अहिले पाटन अस्पतालमा उपचार भइरहेको जनाइएको छ  । त्यसै शङ्खरापुर– ७ नगरपालिका भवन नजिकै एक जनामा संक्रमण पुष्टि भएको छ ।

बारा जिल्ला घर भएका उनी वर्कसपमा काम गर्दै आएका थिए । बारामा पिसिआर परीक्षण गरी दुई दिनअघि मात्रै शङ्खरापुर आएका उनलाई उपचारका लागि टेकु पठाइएको र टेकुले कीर्तिपुर पठाएको अस्पतालले जानकारी दिएको छ ।

प्रकाशित मिति : २८ श्रावण २०७७, बुधबार  ४ : ५० बजे

गगन नेतृत्वमा हुने अधिवेशनमा सहभागी नहुन शशांकको अपिल

काठमाडौं – नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले पार्टीभित्र विवाद

राष्ट्रिय सभामा निदाएको भिडियो भाइरल भएपछि महावीरले भने : म सुतुवा मन्त्री होइन

काठमाडौं – राष्ट्रिय सभाको बैठकमा निदाएको भिडियो सामाजिक सञ्जालमा भाइरल

होस्टलमा धारिलो हतियार प्रहारबाट प्यूठानका २२ वर्षीय युवकको मृत्यु, एक जना पक्राउ

काठमाडौं – काठमाडौंको शंखमुलस्थित भ्याली ब्वाइज होस्टलमा कुटपिटपछि धारिलो हतियार

गरिमालाई न्यायको माग्दै गोलबजारमा प्रदर्शन (तस्बिरहरू)

काठमाडौं– बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१ दशधुरेकी तीन वर्षीया बालिका गरिमा चौधरीको