चीनविरूद्ध लड्न भारतीय सेना तयारी अवस्थामा - चिफ अफ डिफेन्स स्टाफ रावत | Khabarhub Khabarhub

चीनविरूद्ध लड्न भारतीय सेना तयारी अवस्थामा – चिफ अफ डिफेन्स स्टाफ रावत


२८ श्रावण २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – भारतका चिफ अफ डिफेन्स स्टाफ (सीडीएस) विपिन रावतले चीनविरूद्ध लड्न परे भारतीय सेना तयारी अवस्थामा रहेको बताएका छन् ।

भारतको संसदीय समितिलाई सेनाको अवस्थाबारे जानकारी दिने क्रममा रावतले भारत-चीन सीमाको वास्तविक नियन्त्रण रेखा (एलएसी) मा चीनलाई टक्कर दिन भारतीय सेना तयार रहेको जनाएका हुन्।

भारतीय पत्रिका हिन्दुस्तानका अनुसार सीडीएस र सेनाका शीर्ष अधिकारीले संसदको लेखा समितिमा एलएसीमा चीनले अभ्यासको नाममा सीमा क्षेत्रमा निर्माणको काम गरिररहेको र त्यसलाई टक्कर दिन भारत तयार रहेको बताएका छन्।

‘भारत चीनको कुनै पनि कदमको जवाफ दिन पूर्ण तयार छ। हामी कुनै पनि अवस्थाको सामना गर्नका लागि तयार छौँ,’ रावतले संसदीय समितिमा सांसदहरूको जिज्ञासामा भने, ‘लद्दाखमा त्यसका लागि सबै व्यवस्था भइसकेको छ ।’

चीनले सीमा आसपासका क्षेत्रमा झण्डै ४० हजार सैनिक तैनाथ गरेको भारतीय दाबी छ । पछिल्लो समय शिनजियाङ्गमा तैनाथ चिनियाँ सैनिकले भारतीय क्षेत्र अतिक्रमण बढाउन लागेको समेत समाचारमा उल्लेख छ ।

गत जुन १५ मा लद्दाखस्थित गलवान उपत्यकासँग सीमा जोडिएको एलएसी क्षेत्रमा भारत र चीनका सेनाबीच भीडन्त भएको थियो । सो भीडन्तमा भारतीय सेनाका एक उच्च अधिकारीसहित २० जनाको ज्यान गएको थियो । उक्त भीडन्तमा चिनियाँ सैनिकतर्फ पनि हताहती भएको दाबी गरिए पनि सोबारे अहिलेसम्म कुनै विवरण सार्वजनिक भएको छैन ।

प्रकाशित मिति : २८ श्रावण २०७७, बुधबार  ५ : २५ बजे

औषधी व्यवस्था विभागमा व्यवसायीको प्रदर्शन (तस्बिरहरू)

काठमाडौं– औषधि ऐन, २०३५ अन्तर्गत रहेको विवादास्पद उपदफा खारेजीको मागसहित

दुग्ध उत्पादक सहकारीद्वारा डेरी मार्ट सञ्चालन

चितवन–  जिल्लाका दूग्ध उत्पादक किसानले भुक्तानी समयमा नपाउने र बजारीकरणमा

चितवनविरुद्ध कर्णालीको उत्कृष्ट ब्याटिङ, हेर्नुस् तस्बिरहरू

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणको दोस्रो दिन कर्णाली

भक्तपुरमा १३ हजार ५७६ मतदाता थपिए 

भक्तपुर–  जिल्ला निर्वाचन कार्यालय भक्तपुरमा १३ हजार ५७६ मतदाता थपिएका

चितवनविरुद्ध कर्णालीको उत्कृष्ट सुरुवात, प्रियांकले हाने अर्धशतक

काठमाडौं – नेपाल प्रिमियर लिगको अन्तर्गत दोस्रो दिनको पहिलो खेलमा