ईयूले नेपालसहितका दक्षिण एसियाली मुलुकका बाढी प्रभावितको सहयोगार्थ साढे १६ लाख यूरो दिने « Khabarhub

ईयूले नेपालसहितका दक्षिण एसियाली मुलुकका बाढी प्रभावितको सहयोगार्थ साढे १६ लाख यूरो दिने


२८ श्रावण २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – यूरोपियन युनियन (ईयू)ले नेपाल सहितका दक्षिण एसियाली मुलुकमा बाढी -पहिरोबाट प्रभावित भएकाहरूलाई  साढे १६ लाख यूरो प्रदान गर्ने भएको छ ।

उक्त रकममध्ये प्रकोप प्रभावित नेपालीलाई खानेपानी, सरसफाई, आश्रयस्थल र अत्यावश्यक आधारभूत सामग्रीको व्यवस्थापनका लागि १५ लाख यूरो प्रदान गरिने जनाइएको छ।

गत मेमा भारत र बंगलादेशलाई तहसनहस पार्ने गरी चक्रवात अप्पन लगायतका प्रकोपबाट प्रभावित परिवारहरूलाई सहयोग पुर्‍याउन इयूले दक्षिण एशियाली राष्ट्रमा साढे १६ लाख यूरो उपलब्ध गराउने जनाएको हो ।

यसअतिरिक्त ईयूले यस बर्षको शुरुमा घोषणा गरेको १८ लाख यूरोसमेत समेत प्रदान गर्ने जनाएको छ ।

दक्षिण एशियामा यसवर्ष बाढीले करिब १ एक करोड ७५ लाख व्यक्तिलाई घरविहीन बनाएकाले उनीहरूलाई पुनःस्थापित गर्न सहयोग मिल्ने उद्देश्यसहित सहयोग गर्न लागिएको ईयूले उल्लेख गरेको छ ।

कूल रकममध्ये १० लाख यूरो बङ्गलादेशमा अत्यावश्यक मानवीय आवश्यकताहरूलाई सम्बोधन गर्न खर्चिने छ भने २० लाख भन्दा बढी मानिसहरूलाई खाद्यान्न सहयोग, पानी, सरसफाइ, र आपतकालिन आश्रयमा खर्च हुने जनाइएको छ ।

भारतमा खाद्यान्न तथा अन्य मानवीय सहायताका लागि पाँच लाख प्रयोग गरिनेछ ।

प्रकाशित मिति : २८ श्रावण २०७७, बुधबार  ६ : ३० बजे

कांग्रेस महाधिवेशन: सभापतिको मतगणना आजै राष्ट्रिय सभागृहमा हुने, अन्य पदको सानेपामा गरिने

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सभापति पदका लागि खसेको

दोलखामा विकास निर्माणका काम अलपत्र पार्ने २२ निर्माण व्यवसायीको ठेक्का तोडिए

दोलखा – दोलखामा वर्षौंदेखि विकास निर्माणका काम अलपत्र पार्ने २२

गगन थापाले राष्ट्रिय सभागृहमा पुगेर गरे मतदान

काठमाडौँ – नेपाली कांग्रेसका सभापतिका उम्मेदवार गगनकुमार थापाले राष्ट्रिय सभागृहमा

शनिबार ककरोचले नयाँ दिल्लीमा विशाल प्रदर्शन गर्दै, सुरक्षा चुस्त

नयाँ दिल्ली- मतदाता सूचीमा अनियमितता भएको आरोप लगाउँदै निर्वाचन आयोगका