धर्म, संस्कृति रक्षाको निमित्त आन्दोलनको तयारी गरौं  : राप्रपा नेता बोहरा « Khabarhub

धर्म, संस्कृति रक्षाको निमित्त आन्दोलनको तयारी गरौं  : राप्रपा नेता बोहरा


२८ श्रावण २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेता दीपक बोहराले राप्रपालाई नयाँ पुस्ताको बलमा मुलुकको बलियो शक्ति बनाउने दृढता ब्यक्त गरेका छन् ।

विभिन्न संगठन परित्याग गरि राप्रपा समर्थित राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन प्रवेश गर्ने विद्यार्थीलाई राप्रपामा प्रवेश गराउँदै बोहराले धर्म, संस्कृती, पहिचान रक्षाको निमित्त युबा पुस्ताले आन्दोलनको तयारीमा लाग्नुपर्नेमा पनि जोड दिए ।

विद्यार्थी बर्गको हकहितको निमित्त भन्दा पनि तन्नेरी पुस्ताको दुरुपयोग गर्ने प्रवृत्ति हाबी हुनु दुःखद् भएको भन्दै उनले मुलुकलाई समृद्धिको मार्गमा लैजानका निमित्त नयाँ पुस्ताले एकपटक निर्णायक आन्दोलनमा उठ्नुपर्ने बेला आएको बताए ।

बोहराले अगामी निर्बाचनबाट काङ्ग्रेस, कम्युनिस्ट र मधेशबादी दलको बिकल्पको रुपमा राप्रपा उदाउने दाबीसमेत गरे । कार्यक्रममा विद्यार्थी संगठनका अध्यक्ष महेश बहादुर सिंह, अनमोल ढकाल, निराजन बम लगायत विद्यार्थी नेताहरुले बोलेका थिए ।

प्रकाशित मिति : २८ श्रावण २०७७, बुधबार  ८ : ३७ बजे

पाटन दरबार सङ्ग्राहलयको मूलचोकमा ठेचोको नवदुर्गा नाच प्रदर्शन

ललितपुर – पाटन दरबार सङ्ग्राहलयको मूलचोकमा ठेचो (थेच्व)को नवदुर्गा नाच

मैथिल परम्पराको रावणवध उत्सव सम्पन्न

महोत्तरी – शारदीय दशहरा अर्थात् विजया दशमीका दिन मिथिलामा मनाइने

यु-१९ महिला विश्वकपको आयोजक नेपाल समूह ‘ए’ मा : भारत, आयरल्याण्ड र वेष्ट इन्डिजसँग भिड्ने

काठमाडौँ – नेपालले बङ्गलादेशसँग संयुक्तरूपमा आयोजना गर्न लागेको आइसिसी यु–१९

आज बिहीबार, भगवान विष्णुको पूजा गर्नुहोस्

काठमाडौँ- २०८३ साल कात्तिक ५ गते बिहीबार सन् २०२६ अक्टोबर

आज २०८३ साल कात्तिक ५ गते बिहीबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक ५ गते बिहीबार सन् २०२६