धर्म, संस्कृति रक्षाको निमित्त आन्दोलनको तयारी गरौं  : राप्रपा नेता बोहरा « Khabarhub

धर्म, संस्कृति रक्षाको निमित्त आन्दोलनको तयारी गरौं  : राप्रपा नेता बोहरा


२८ श्रावण २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेता दीपक बोहराले राप्रपालाई नयाँ पुस्ताको बलमा मुलुकको बलियो शक्ति बनाउने दृढता ब्यक्त गरेका छन् ।

विभिन्न संगठन परित्याग गरि राप्रपा समर्थित राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन प्रवेश गर्ने विद्यार्थीलाई राप्रपामा प्रवेश गराउँदै बोहराले धर्म, संस्कृती, पहिचान रक्षाको निमित्त युबा पुस्ताले आन्दोलनको तयारीमा लाग्नुपर्नेमा पनि जोड दिए ।

विद्यार्थी बर्गको हकहितको निमित्त भन्दा पनि तन्नेरी पुस्ताको दुरुपयोग गर्ने प्रवृत्ति हाबी हुनु दुःखद् भएको भन्दै उनले मुलुकलाई समृद्धिको मार्गमा लैजानका निमित्त नयाँ पुस्ताले एकपटक निर्णायक आन्दोलनमा उठ्नुपर्ने बेला आएको बताए ।

बोहराले अगामी निर्बाचनबाट काङ्ग्रेस, कम्युनिस्ट र मधेशबादी दलको बिकल्पको रुपमा राप्रपा उदाउने दाबीसमेत गरे । कार्यक्रममा विद्यार्थी संगठनका अध्यक्ष महेश बहादुर सिंह, अनमोल ढकाल, निराजन बम लगायत विद्यार्थी नेताहरुले बोलेका थिए ।

प्रकाशित मिति : २८ श्रावण २०७७, बुधबार  ८ : ३७ बजे

प्राधिरकणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली

बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय

काठमाडाैं – सरकारले रसुवाको भोटेकोशी नदीमा गएको बाढीबाट प्रभावित क्षेत्रमा

विपद्पछिको हेली उद्धारमा २० करोड खर्च

काठमाडौं । सरकारले भोटेकोसी विपद्पछि हेलिकप्टरबाट गरिएको उद्धारमा २० करोड

१२ हजार रन पूरा गर्दै रोहित शर्माले बनाए अर्को कीर्तिमान

काठमाडाैं – भारतीय क्रिकेट टोलीका अनुभवी ब्याटर रोहित शर्माले एकदिवसीय

काठमाडौँका यी स्थानमा हुँदैछ ११ दिन विद्युत् कटौती

काठमाडौं। उपत्यकाका विभिन्न स्थानमा ११ दिन विद्युत् आपूर्ति कटौती हुने