कोरोना संक्रमित बढेपछि गृह मन्त्रालयद्वारा सवारी पास बन्द | Khabarhub Khabarhub

कोरोना संक्रमित बढेपछि गृह मन्त्रालयद्वारा सवारी पास बन्द


२८ श्रावण २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कोरोना भाइरसको संक्रमण फैलँदै गएपछि गृह मन्त्रालयले एक जिल्लाबाट अर्को जिल्लामा जाने सवारी पास बन्द गर्ने निर्णय गरेको छ ।

बिहीबारदेखि लागू हुने गरी पास वितरण बन्द गर्न गृह मन्त्रालयले ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गरेको छ ।

कोरोना संक्रमण फैलिन सक्ने खतरालाइ मध्यनजर गर्दै केही दिनलाई सवारी पास पूर्ण रूपमा बन्द गर्न मन्त्रालयले पत्राचार गरेको हो ।

स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार बुधबारसम्म नेपालमा कोरोना संक्रमितको संख्या २४ हजार ४३२ पुगेको छ ।

सक्रिय संक्रमितको संख्या ७ हजार ६१३ रहेको छ भने निको हुनेको संख्या १६ हजार ७२८ पुगेको छ ।

हालसम्म कोरोनाका कारण ९१ जनाले ज्यान गुमाएका छन् ।

गृह मन्त्रालयले जारी गरेको विज्ञप्ति यस्तो छ-

प्रकाशित मिति : २८ श्रावण २०७७, बुधबार  ८ : ५७ बजे

दूध बिक्रीबाट मनग्य आम्दानी

तम्घास– गुल्मीको रेसुङ्गा नगरपालिका–७ का शम्भु पाण्डे रोजगारीका लागि १२

बाजुरामा एक महिलाको शव फेला

बाजुरा– बाजुरामा शनिबार एक महिला मृत अवस्थामा फेला परेकी छिन्।

व्यासका आठ सय जनालाई अपांगता परिचयपत्र

तनहुँ– तनहुँको व्यास नगरपालिकाले हालसम्म आठ सय ८२ जनालाई अपांगता

कप्तान रोहित बने ‘प्लेयर अफ द सिरिज’

काठमाडौं- नेपाली कप्तान रोहित पौडेल वेस्ट इन्डिज ए विरुद्धको टी-२०

दक्षिणी ब्राजिलमा भारी वर्षा, मृत्यु हुनेको सङ्ख्या ३९ पुग्यो

काठमाडौं– ब्राजिलको दक्षिणी राज्य रियो ग्रान्डे डो सुलमा भारी वर्षाका