कोरोना कहर : रसुवामा सार्वजनिक यातायात बन्द « Khabarhub

कोरोना कहर : रसुवामा सार्वजनिक यातायात बन्द


२८ श्रावण २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रसुवा- कोभिड–१९ नियन्त्रण तथा रोकथामका लागि रसुवामा सञ्चालित सार्वजनिक बस सेवा बन्द भएको छ ।

आन्तरिकभन्दा बाह्य यात्रुको आवागमन बढ्न थालेको र स्वास्थ्यका मापदण्डसमेत अपुग भएको गुनासा आएका कारण बेत्रावतीदेखि टिमुरेसम्म चल्दै आएको आन्तरिक बससेवा बन्द गरिएको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रले जनाएको छ ।

उक्त केन्द्रका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले छोटो समयका लागि बससेवा बन्द गरिएको र जोखिमको अवस्था, बस चालकले अपनाएका स्वास्थ्य मापदण्ड पूरा भए/नभएको केही समयपछाडि विश्लेषणका आधारमा खोल्न सकिने बताए ।

यस्तै कोरोनाको सङ्क्रमण बढ्दै गएकाले कार्यालय प्रमुख तथा कर्मचारीले जिल्ला नछोड्ने, अत्यावश्यक सेवा लिन आउने सेवाग्राहीले स्वास्थ्यको मापदण्ड अपनाई तोकिएका कर्मचारीको मोबाइलमा समन्वय गरी सेवा लिनुपर्ने बताइएको छ ।

अर्काे आदेश नभएसम्म मठमन्दिर, गुम्बा, जात्रा बसै बन्द गर्ने, स्वास्थ्यको मापदण्ड सबैले पूर्णरूपमा पालना गर्ने/गराउने, दीर्घरोगी, बालबालिका, ज्येष्ठ नागरिक, गर्भवतीलाई घरबाट बाहिर ननिकाल्ने, रसुवा प्रवेश गर्ने बेत्रावती सिमानामा आवतजावतको रोकथाममा कडाइ गर्नेसमेत निर्णय भएको जिल्ला प्रशासन कार्यालय रसुवाले जनाएको छ ।

प्रकाशित मिति : २८ श्रावण २०७७, बुधबार  १० : ०१ बजे

पाकिस्तानी ब्रोड पिकमा हिमपहिरो, निर्मल पुर्जासहित १० आरोही बेपत्ता

काठमाडौं– प्रसिद्ध पर्वतारोही निर्मल पुर्जा पाकिस्तानको ब्रोड पिक हिमालमा आएको

देवानगञ्ज घटनामा मृतकका परिवार र सरकारबीच ७ बुँदे सम्झौता, शहीद घोषणा प्रक्रिया अघि बढाइने

काठमाडौँ– सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कमानागाछीमा यही साउन १० गते भएको

‘मास्टर्नी’ले फर्काउला त प्रियंकाको गुमेको क्रेज ?

काठमाडौँ – दशकको अवधिका एक–दुई नायक–नायिका प्राइममा रहन्छन् । नयाँ

देशभर मनसुनी वायुको प्रभाव, केही भूभागमा भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

व्यावसायिक अधिकार बेच्ने फिफाको योजनाप्रति युइएफएको आपत्ति, विश्वकप बहिष्कारको चेतावनी

एजेन्सी— अन्तर्राष्ट्रिय फुटबल महासङ्घ (फिफा) ले विश्वकप र आफ्ना अन्य