सपिङ मल तथा होटेलका कर्मचारीले आफ्नै खर्चमा अनिवार्य पीसीआर परीक्षण गर्नू : स्वास्थ्य मन्त्रालय « Khabarhub

सपिङ मल तथा होटेलका कर्मचारीले आफ्नै खर्चमा अनिवार्य पीसीआर परीक्षण गर्नू : स्वास्थ्य मन्त्रालय


२८ श्रावण २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भिडभाड हुने विभिन्न उद्योग तथा व्यवसायका कर्मचारीलाई आफ्नै खर्चमा पीसीआर परीक्षण गर्न अनुरोध गरेको छ ।

बुधबार विज्ञप्ति जारी गर्दै मन्त्रालयले सपिङ मल, रेष्टुरेन्ट, होटेल आदि उद्योग तथा व्यवसायमा संलग्न हुने कर्मचारीहरुलाई आफ्नै खर्चमा पीसीआर परीक्षण गर्न अनुरोध गरेको हो ।

यस्ता उद्योग तथा व्यवसायमा संलग्न हुनेहरु धेरै व्यक्तिको सम्पर्कमा आउने र कोरोनाको जोखिम बढी हुने सम्भावना रहेको हुँदा सम्बन्धित उद्योग व्यवसायीहरुले आफ्नै खर्चमा अनिवार्य पीसीआर परीक्षण गर्ने व्यवस्था मिलाउन अनुरोध गरेको हो ।

विज्ञप्तिमा भनिएको छ, “नेपालका घनाबस्ती भएका जिल्लाहरुका विभन्न शहरहरुमा कोभिड-१९ को संक्रमण बढ्दै गएको पछिल्लो अवस्थामा विभिन्न सपिङ मल, रेष्टुरेन्ट, होटेल आदि उद्योग, व्यवसायमा संलग्न हुने व्यक्तिहरु धेरैको सम्पर्कमा आउने र जोखिम हुने अवस्था रहेको हुँदा यस्ता व्यवसायमा संलग्न हुने कर्मचारी तथा व्यवसायीहरुको सम्बन्धित उद्योग व्यवसायीहरुले आफ्नै खर्चमा अनिवार्य पीसीआर परीक्षण गर्ने व्यवस्था गर्न अनुरोध गरिन्छ ।”

मन्त्रालयले कोरोना नेगेटिभ भएकालाई मात्रै कामकाजमा खटाउने व्यवस्था गर्न / गराउन समेत अनुरोध गरेकाो छ ।

प्रकाशित मिति : २८ श्रावण २०७७, बुधबार  १० : ३१ बजे

नेपालको परराष्ट्र नीति दिग्भ्रमको दिशामा उन्मुख भयो : ज्ञवाली

काठमाडौँ – पूर्वपरराष्ट्रमन्त्री एवम् एमाले उपअध्यक्ष प्रदीप ज्ञवालीले सरकारको कमजोर

जन्मथलो बेनीबाट प्रकाश दुतराजको नयाँ साङ्गीतिक यात्रा

म्याग्दी – गायक प्रकाश दुतराजले जन्मथलो म्याग्दीबाट सामूहिक लोकसङ्गीत साङ्गीतिक

भोटेकोशी बाढीमा एक हजार ३८४ शव भेटिए, चार हजार बढी अझै बेपत्ता

काठमाडौँ – रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी

भोटेकोशी बाढीपीडितका लागि राहत सङ्कलन जारी, प्रधानमन्त्री कोषमा रकम जुट्दै

काठमाडौँ – भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढी प्रभावितका

मुस्ताङ भन्सारमा १५ दिनमै पौने दुई अर्ब राजस्व

मुस्ताङ – नेपाल–चीन उत्तरी कोरलानाकास्थित लोमान्थाङ–४ न्हेचुङमा रहेको मुस्ताङ भन्सार