कालिज फार्मभित्र चितुवा पसेपछि… « Khabarhub

कालिज फार्मभित्र चितुवा पसेपछि…


२७ भाद्र २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

म्याग्दी – म्याग्दीको बेनी नगरपालिका ४, सिङ्गामा हरियाली ग्रुपले सुरु गरेको व्यावसायिक कालिज फार्ममा चितुवा पसेको छ । चार सय ५० वटा कालिज पालिएको फार्मभित्र बिहीबार राति चितुवा पसेको हरियाली ग्रुप प्रालीले जनाएको छ ।

फार्मभित्र पसेको चितुवाले कालिज मारेर खाएको भए पनि कति सङ्ख्यामा कालिज मारेको भन्ने यकिन नभएको ग्रुपका प्रबन्ध निर्देशक शेरबहादुर केसीले बताए । अहिले कालिजको फार्मभित्र पसेको चितुवा नियन्त्रणको प्रयास गरिए पनि खुला ठाउँ भएका कारण नियन्त्रणमा समस्या भइरहेको छ ।

चितुवा नियन्त्रणका लागि डिभिजन वन कार्यालय म्याग्दीबाट दुई जना कर्मचारी र तातोपानी प्रहरी चौकीबाट प्रहरीको टोली घटनास्थल पुगेका छन् । डिभिजन वन कार्यालयका निमित्त प्रमुख सन्तोष खनालले कार्यालयसँग रहेको फलामे खोरको सहायताले चितुवा नियन्त्रणको प्रयास गरिए पनि फार्मको क्षेत्र ठूलो र खुला ठाउँ भएकाले समस्या भएको बताउनुभयो । फार्मभित्र पसेको चितुवाको वरिपरि धेरै भिड नगर्न आग्रह गरिएको छ ।

चितुवा नियन्त्रण गर्न प्रदेश वन निर्देशनालय पोखरामा जानकारी गराएपछि त्यहाँबाट नियन्त्रणको टोली झिकाउन चितवन राष्ट्रिय निकुञ्जमा आग्रह गरिएको निमित्त प्रमुख खनालले जानकारी दिए ।

कुखुरा वा बाख्राको खोरभित्र पसेको भए चितुवालाई सजिलै नियन्त्रणमा लिन सकिने भए पनि खुला ठाउँमा रहेको कालिज फार्मभित्र पसेको हुँदा समस्या भएको बताइएको छ । बिहान कालिजलाई दानापानी दिने क्रममा प्रालीका कर्मचारी फार्मभित्र पस्दा वयस्क चितुवाले झम्टिन खोजेपछि फार्मभित्र चितुवा पसेको थाहा भएको हो । आहाराको खोजीमा चितुवा जाली नाघेर कालिजको फार्मभित्र पसेको हुन सक्ने अनुमान गरिएको छ ।

प्रकाशित मिति : २७ भाद्र २०७७, शनिबार  ६ : ०० बजे

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना

तनहुँमा ५९ हजार कुखुराको बीमा

तनहुँ– तनहुँमा ७१ हजारभन्दा बढी पशुको बीमा गरिएको छ ।

‘पाँडे’ टिमको फिल्ममा बालेनले फेरि गाउलान् गीत ?

काठमाडौं – प्रचार रणनीतिले कन्टेन्टमा दम भएका फिल्मलाई दर्शक सहज

भेडापालक किसानलाई अनुदान

बागलुङ– बागलुङको निसीखोला गाउँपालिकाले भेडापालक किसानलाई प्रविधिसँग जोड्न थालेको छ

वीरगञ्ज हुँदै ४० अर्बका सामान निर्यात

वीरगञ्ज– वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा ३९ अर्ब