दुई हप्तामा २८ सय नेपाली होटल क्वारेन्टिनमा | Khabarhub Khabarhub

दुई हप्तामा २८ सय नेपाली होटल क्वारेन्टिनमा


२७ भाद्र २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- दुई हप्ताको अवधिमा काठमाडौँ उपत्यकाका विभिन्न होटलमा विदेशबाट फर्किएका मध्ये दुई हजार आठ सय भन्दा बढी नेपाली होटल क्वारेन्टिनमा बसेका छन् ।

होटल संघ नेपाल (हान) र होटल व्यवसायी महासंघले दिएको जानकारी अनुसार बुधबारसम्म एक हजार ८८० जना हानमा र ९५९ महासंघ अन्तर्गतको होटलमा गरी जम्मा दुई हजार ८३९ जना बसेका हुन् । केही दिन अघि ३१ वटा होटल क्वारेन्टिनको लागि थप गरेको सूचना जारी गरेको थियो । विदेशबाट आएर होटल क्वारेन्टिनमा बस्न आउनेको लागि सबै पूर्वाधार मिलाएको होटल संघ नेपाल (हान) का महासचिव साजन शाक्यले बताए ।

सरकारले जारी गरेका मापदण्ड पूरा गरी सहज रुपमा बस्ने व्यवस्था गरेको उनले जानकारी दिए। सुरुको लकडाउनमा पनि विदेशबाट आएका एक हजार पाँच सय व्यक्तिलाई होटल क्वारेन्टिनमा राखेको महासचिव शाक्य बताउँछन् ।

पछि बस्नेको माग आएमा क्वारेन्टिनको लागि होटलको संख्या बढाउन सकिने उनले बताए । विदेशबाट आउने नेपालीको लागि फाइदाको लागि भन्दा पनि सामाजिक उत्तरदायित्व ठानेर सामान्य अवस्थामा भन्दा हाल ६० प्रतिशत कम शुल्कमा होटल उपलब्ध गराएको महासचिव शाक्यको भनाइ छ ।

विदेशबाट आएकालाई क्वारेन्टिन होटलसम्म स्वास्थ्य मापदण्ड पूरा गरी आफ्नै गाडीमा राखेर ल्याउने गरेको छ । विदेशबाट आउने नेपाली बस्ने होटेल क्वारेन्टिनमा होटल सञ्चालकले होटल छिर्ने परिसरको छुट्टै गेटदेखि वाइफाइ सुविधा सम्म भएको मापदण्ड पूरा गर्नुपर्नेछ ।

क्वारेन्टिनको लागि कम्तिमा २० कोठा भएको, स्वास्थ्यसम्बन्धी तोकिएको मापदण्ड पालना गर्ने गरी होटल परिसरको छुट्टै गेट वा कम्पाउण्ड भएको हुनुपर्छ ।
सकेसम्म घुमफिर गर्नसक्ने खुला ठाउँ र बगैँचालगायतका मापदण्ड हुनुपर्ने व्यवस्था छ ।

सरकारले विदेशबाट स्वदेश फर्कनै पर्ने अवस्थामा रहेका नेपालीहरुलाई बिभिन्न मुलुकबाट व्यवस्थित तरिकाले स्वदेश ल्याउने काम गरेको छ ।

नेपाली सेनाले फर्कनु भएकाहरूलाई उपत्यकास्थित विभिन्न होल्डिङ सेन्टरमा राखेर कोरोना रिपोर्ट नेगेटिभ आएकाको हकमा सिधै घरको क्वारेनटाइनमा पठाउने व्यवस्था गरेको छ ।

प्रकाशित मिति : २७ भाद्र २०७७, शनिबार  ६ : २८ बजे

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८२ साल भदौ ३१ गते मंगलबार। आश्विन

आज २०८२ साल भदौ ३१ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८२ साल भदौ ३१ गते मंगलबार। आश्विन

साफ यु–१७ च्याम्पियनसिप : नेपालको विजयी सुरुवात

काठमाडौं – नेपालले साफ यु–१७ च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ।

‘हामी नेपाल’ले भन्योः कुनै राजनीतिक दलसँग संलग्न छैनौं

काठमाडौं – मानवसेवामा समर्पित संस्था ‘हामी नेपाल’ ले हालै सम्पन्न

आपूर्ति मन्त्रालयले भन्यो : उपभोग्य वस्तुको आपूर्ति सहज छ, अनावश्यक सञ्चित नगर्नू

काठमाडौं – उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले दैनिक अत्यावश्यक उपभोग्य