इजरायल र बहराइनबीच शान्ति सम्झौता गर्ने सहमति « Khabarhub

इजरायल र बहराइनबीच शान्ति सम्झौता गर्ने सहमति


२७ भाद्र २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- इजरायल र खाडी देश बहराइनबीच शान्ति सम्झौतामा सहमति भएको छ । दुई देशबीच शान्ति सम्झौता गर्ने सहमति भएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले घोषणा गरेका छन् ।

आपसी सम्बन्ध पूर्णरुपमा सामान्य बनाउनका लागि इजरायल र बहराइन सहमत भएको ट्रम्पले बताएका हुन्।

उनले ट्वीट गरेर इजरायलसँग शान्ति स्थापनाका सम्बन्धमा सहमति पुग्ने बहराइन पछिल्लो ३० दिनमा दोस्रो देश रहेको उल्लेख गरेका छन् ।

दशकौँदेखि अधिकांश अरब देशहरुले इजरायललाई बहिष्कार गर्दै आएका छन् । प्यालेस्टाइनसँगको तनाव अन्त्य भएपछि मात्रै इजरायलसँग सम्बन्ध सुधार गर्ने उनीहरुले भनाई रहँदै आएको छ ।

तर गएको महिना संयुक्त अरब इमिरेट्स (युएई) इजरायलसँगको सम्बन्ध सामान्य बनाउन सहमत भएको थियो ।

गएको जनवरीमा आफ्नो मध्यपूर्ण शान्ति योजना सार्वजनिक गरेका ट्रम्पले इजरायल र प्यालेस्टाइनबिचको हिंसा अन्त्य गर्ने बताउँदै आएका छन् ।

सन् १९४८ मा इजरायलको स्थापना भएपछि त्यसलाई मान्यता प्रदान गर्ने बहराइन चौथो अरब राष्ट्र हो। यसअघि युएई, इजिप्ट र जोर्डनले इजरायललाई मान्यता प्रदान गरेका थिए ।

इजरायल र बहराइनबिचको सम्झौता राष्ट्रपति ट्रम्प र उनका ज्वाईँ जेरार्ड कुश्नरका लागि कूटनीतिक सफलता हो ।

प्रकाशित मिति : २७ भाद्र २०७७, शनिबार  ७ : ३५ बजे

ओली र बालेनलाई चुनावमा पछार्ने हो : हर्क सम्पाङ

काठमाडौँ – श्रम, संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले फागुन २१

दाङमा बस र मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु

घोराही (दाङ) – दाङको देउखुरीमा बस र मोटरसाइकल एकापसमा ठोक्किँदा

ख्वप अस्पतालमा सिटीस्क्यान सेवा सुरु

भक्तपुर- यहाँस्थित ख्वप अस्पतालमा आजदेखि सिटीस्क्यान सेवा सञ्चालनमा आएको छ।

सात हजार यात्रीलाई सुरक्षित तरिकाले जेब्राक्रसिङबाट बाटो काट्न सिकाइयो

काठमाडौं- ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा आज सात हजार ९८७ पैदलयात्रीलाई

हेटौँडामा सडक विस्तारको विरोध गर्दै कुलमानको पार्टी छोडिन्, हर्कको पार्टीबाट लिइन् टिकट

काठमाडौँ – हेटौँडा सडक विस्तारको विरोध गर्दै उज्यालो नेपाल पार्टी