इजरायल र बहराइनबीच शान्ति सम्झौता गर्ने सहमति « Khabarhub

इजरायल र बहराइनबीच शान्ति सम्झौता गर्ने सहमति


२७ भाद्र २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- इजरायल र खाडी देश बहराइनबीच शान्ति सम्झौतामा सहमति भएको छ । दुई देशबीच शान्ति सम्झौता गर्ने सहमति भएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले घोषणा गरेका छन् ।

आपसी सम्बन्ध पूर्णरुपमा सामान्य बनाउनका लागि इजरायल र बहराइन सहमत भएको ट्रम्पले बताएका हुन्।

उनले ट्वीट गरेर इजरायलसँग शान्ति स्थापनाका सम्बन्धमा सहमति पुग्ने बहराइन पछिल्लो ३० दिनमा दोस्रो देश रहेको उल्लेख गरेका छन् ।

दशकौँदेखि अधिकांश अरब देशहरुले इजरायललाई बहिष्कार गर्दै आएका छन् । प्यालेस्टाइनसँगको तनाव अन्त्य भएपछि मात्रै इजरायलसँग सम्बन्ध सुधार गर्ने उनीहरुले भनाई रहँदै आएको छ ।

तर गएको महिना संयुक्त अरब इमिरेट्स (युएई) इजरायलसँगको सम्बन्ध सामान्य बनाउन सहमत भएको थियो ।

गएको जनवरीमा आफ्नो मध्यपूर्ण शान्ति योजना सार्वजनिक गरेका ट्रम्पले इजरायल र प्यालेस्टाइनबिचको हिंसा अन्त्य गर्ने बताउँदै आएका छन् ।

सन् १९४८ मा इजरायलको स्थापना भएपछि त्यसलाई मान्यता प्रदान गर्ने बहराइन चौथो अरब राष्ट्र हो। यसअघि युएई, इजिप्ट र जोर्डनले इजरायललाई मान्यता प्रदान गरेका थिए ।

इजरायल र बहराइनबिचको सम्झौता राष्ट्रपति ट्रम्प र उनका ज्वाईँ जेरार्ड कुश्नरका लागि कूटनीतिक सफलता हो ।

प्रकाशित मिति : २७ भाद्र २०७७, शनिबार  ७ : ३५ बजे

बागमती प्रदेशसभा बैठक : विधेयक माथि विचार गरियोस भन्ने प्रस्ताव पेस

मकवानपुर– बागमती प्रदेशसभाको आजको बैठकमा प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले

कोशीमा आर्थिक वर्षका स्वास्थ्य कार्यक्रमको अर्धवार्षिक समीक्षा सुरु   

काठमाडौं– कोशी प्रदेशमा आर्थिक वर्ष ०८२/८३ अन्तर्गत सञ्चालित स्वास्थ्य कार्यक्रमहरूको

दुईदिने बिदाले शैक्षिक क्यालेण्डरमा असर पार्नेमा नेसनल प्याब्सनको चिन्ता

काठमाडौं– राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेसनल प्याब्सन)

सडकमा इरानी राष्ट्रपति, भने- लेबनानमा आक्रमण नरोके युद्धविरामको अर्थ सकिन्छ

तेहरान- इरानी राष्ट्रपति मसूद पेजेस्कियन युद्धविरामपछि पहिलो पटक सार्वजनिक रूपमा

नेपाल आँखा अस्पतालले २० हजार छात्रछात्राको आँखा परीक्षण गर्दै

काठमाडौं– त्रिपुरेश्वरस्थित नेपाल आँखा अस्पतालले आगामी तीन महिनामा काठमाडौँ महानगरपालिकाभित्रका