लामो दूरीका सवारी साधनबारे सरकार मौन | Khabarhub Khabarhub

लामो दूरीका सवारी साधनबारे सरकार मौन

सरकारको निर्णयअनुसारै असोज १ देखि चलाउने व्यवसायीको अडान



काठमाडौँ – गत बुधबार काठमाडौँ भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरूको संयुक्त बैठकले उपत्यकाभित्र १६ सिटभन्दा माथिका सार्वजनिक यातायात जोरबिजोर प्रणालीमा चल्न दिने निर्णय गर्‍यो ।

यात्रुवाहक सार्वजनिक यातायातका साधनहरू सञ्चालन गर्दा मापदण्डअनुसार सामाजिक दूरी कायम गर्ने, सवारी साधनको ढोकामा स्यानिटाइजर राख्ने, सहचालकले पञ्जा लगाउने रसवारी साधन अनिवार्यरूपमा दैनिक निःसंक्रमित गर्नुपर्नेजस्ता आदेश पनि जारी भयो ।

सोहीअनुरूप भदौ ३ गतेदेखि काठमाडौँ उपत्यकामा गरिएको निषेधाज्ञा गत बिहीबारदेखि खुकुलो भएसँगै अहिले सडकमा जोरबिजोर नम्बरका आधारमा सार्वजनिक सवारीसाधनले सेवा दिन थालेका छन् ।

यता सरकारले पहिलो चरणमा उपत्यकाभित्र ठूला सार्वजनिक सवारी साधन सञ्चालन गर्ने निर्णय गरे पनि उपत्यकाभन्दा बाहिरका लागि यातायात सेवाका बारेमा भने स्पष्ट पारेको छैन ।

यसअघि सरकारले लामो दूरीका सार्वजनिक यातायात असोज १ गतेदेखि चल्न दिने निर्णय गरेको थियो । यातायात व्यवसायीहरू पनि सोहीअनुसार असोज १ गते नै लामो दूरीका सवारी साधान सञ्चालन गर्ने तयारीमा छन् । व्यवसायीहरूको अडानबारे सरकार मौन रहेको छ ।

कोरोना परीक्षण गराएर गाडी चलाउछौँ : व्यवसायी

झण्डै ६ महिनादेखि ठप्प रहेको यातायात आगामी असोज १ गतेदेखि सञ्चालन गर्ने सहज वातावरण बनाइदिन व्यवसायीहरूले सरकारलाई आग्रह गरेका छन् ।

शुक्रबार नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ, नेपाल यातायात मजदुर संघ, अखिल नेपाल यातायात मजदुर संघ र नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठनले भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङलाई भेटेर असोज १ गतेदेखि गाडी चलाउने जानकारी गराएका छन् ।

व्यवसायी तथा मजदुरको माग सुनेपछि मन्त्री नेम्वाङले भने कोरोना भाइरस रोकथाम र नियन्त्रणसम्बन्धी उच्चस्तरीय समित सीसीमसी र प्रधानमन्त्री कार्यालयमा यसबारे कुरा उठाउने बताए छन् ।

महासंघका वरिष्ठ उपाध्यक्ष दीपक अधिकारीका अनुसार यातयात क्षेत्रमा देशभर करिब १५ लाख मजदुर आबद्ध रहेका छन् । लामो बन्दाबन्दीका कारण मजदुर र उनीहरूका आश्रितहरू भोकमारीमा पर्न थालेकाले यातायात क्षेत्रलाई चलायमान बनाउनुपर्ने उनको भनाइ छ ।

‘सवारी चालक र सहचालकको पीसीआर परीक्षण गराएर गाडी सञ्चालन गराउने तयारीमा छौँ,’ अधिकारीले खबरहबसँग भने, ‘स्वास्थ्य सम्बन्धी सबै प्रोटोकलको पालना गरेरै गाडी सञ्चालन हुनेछन् ।’

काठमाडौँ उपत्यकामा कोरोना संक्रमितको संख्या दिनदिनै बढिरहेको छ । लामो दूरीका सवारी साधान सञ्चालन गर्दा अवस्था भयावह हुनसक्ने सम्बन्धमा ध्यानाकर्षण गराउँदा उपाध्यक्ष अधिकारीले प्रश्न गरे, ‘कोरोना कहरका बीचमा थुप्रै निजी सवारीले यात्रु ओसारपसार गरेर दोब्बर तेब्बर भाडा उठाइरहेका छन्, सार्वजनिक यातायातले मापदण्ड पूरा गरेर चलाउन किन हुँदैन ?’

असोज १ गतेबाट सवारी साधन सञ्चालनका लागि चालक, सहचालक र गाडी तयारी अवस्थामा राखिएको उनको भनाइ छ ।

पूर्वमा पनि चालाउने तयारी

पूर्व-पश्चिम यातायात र महाकाली यातायात व्यवसायी संघले पनि असोज १ गतेबाट सार्वजनिक सवारी साधन सञ्चालन गर्ने बताएका छन् ।

स्वास्थ्य सम्बन्धी सबै मापदण्ड पालना गरेर असोज २ गतेबाट सार्वजनिक सवारीसाधन सञ्चालन गर्ने तयारी गरिरहेको पूर्व मेची बस व्यवसायी संघले जनाएको छ ।

‘असोज १ गते विश्वकर्मा पूजा गरेर २ गतेबाट सार्वजनिक सवारी साधन चलाउने तयारीमा छौँ’ संघका अध्यक्ष विष्णु श्रेष्ठले खबरहबसँग भने, ‘गाडी चलाउन प्रदेश सरकारसँग समन्वय गरिरहेका छौँ ।’

सरकारले भने यससम्बन्धमा कुनै निर्णय गरिसकेको छैन ।

प्रकाशित मिति : २७ भाद्र २०७७, शनिबार  १० : ३१ बजे

२०१७ सालको काण्डमा भारतको हात छ : नवराज सुवेदी

काठमाडौं– सोमबार गठन भएको ‘राजतन्त्र पुनःस्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’

इजरायली हवाई आक्रमणबाट गाजामा मृत्यु हुनेको सङ्ख्या ४१३ पुग्यो

एजेन्सी– गाजा पट्टीका विभिन्न स्थानमा मंगलबार बिहान इजरायली हवाई आक्रमणमा

प्रचण्डको दाबी- ज्ञानेन्द्र आफैंले राजतन्त्र ढाल्न सहयोग गरेका थिए

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

अर्थ समितिमा भन्सार विधेयकमाथि छलफल

काठमाडौं – प्रतिनिधिसभा, अर्थ समितिमा ‘भन्सारसम्बन्धी कानुनलाई संशोधन र एकीकरण

राजावादीको सक्रियता बढेपछि कांग्रेसले बोलायो बैठक, ठोस धारणा सार्वजनिक गर्ने

काठमाडौं– पूर्वराजा ज्ञानेन्द्र शाहलाई तेस्रोपल्ट राजा बनाउने भन्दै राजावादी शक्तिहरूले