भारतमा भयावह बन्दै कोरोना « Khabarhub

भारतमा भयावह बन्दै कोरोना


२७ भाद्र २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- भारतमा कोरोना संक्रमितको संख्या तीव्र गतिमा बढ्न थालेको छ । भारतमा पछिल्लो समय हरेक दिन ९० हजार भन्दा बढी कोरोना संक्रमित फेला पर्न थालेका छन् ।

अहिले भारत विश्वभरमा कोरोना संक्रमित धेरै हुने देशमा दोस्रो स्थानमा छ । भारतले केही दिनअघि ब्राजिललाई उछिन्दै कोरोना संक्रमित धेरै हुने देशको दोस्रो स्थानमा आएको हो । विश्वभरमा धेरै कोरोना संक्रमित हुनेमा अमेरिका भने पहिलोमा छ ।

वर्ल्डोमिटर्सको तथ्यांक अनुसार यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा भारतमा ९७ हजार ६ सय ५४ जना कोरोना संक्रमित फेला परेका छन् । यससँगै भारतमा कोरोना संक्रमितको कुल संख्या ४६ लाख ५९ हजार ९ सय ८४ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा भारतमा १ हजार २ सय २ जनाको कोरोनाबाट मृत्यु भएको छ । यससँगै भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या ७७ हजार ५ सय ६ पुगेको छ ।

त्यस्तै हालसम्म ३६ लाख २४ हजार १ सय ९६ कोरोना संक्रमित उपचारपछि निको भइसकेका छन् । भारतको महाराष्ट्र राज्य, तमिल नाडु, मुम्बइ, गुजरात लगायतमा सबैभन्दा बढी कोरोना संक्रमित भेटिएका छन् ।

प्रकाशित मिति : २७ भाद्र २०७७, शनिबार  १० : ०७ बजे

‘प्रधानमन्त्री कप’ गण्डकी प्रदेशस्तरीय क्रिकेट छनोट बिहीबारदेखि

कास्की – ‘प्रधानमन्त्री कप’ राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि गण्डकी प्रदेशस्तरीय

‘गलत निशाना’ का कारण इरानी विद्यालयमा क्षेप्यास्त्रले लागेको अमेरिकाको स्पष्टीकरण

वासिङ्टन – इरानको एक विद्यालयमा ‘गलत निशाना लागेका कारण’ टोमाहक

सवारी दुर्घटनामा एक जनाको मृत्यु

सुनसरी – सुनसरीको कोसी गाउँपालिका–४ मा आज सवारी दुर्घटना हुँदा

साउदी अरेबियामा रहेका नेपालीलाई सजग रहन अनुरोध

काठमाडौं – साउदी अरेबियास्थित नेपाली दूतावासले मध्यपूर्व क्षेत्रमा विकसित पछिल्लो

हिमालयन ह्वाइटवाटर च्यालेन्जको दोस्रो दिन जे देखियो (तस्बिरहरू)

चितवन । त्रिशूली नदीमा जारी २४औँ हिमालयन ह्वाइटवाटर च्यालेन्ज २०२६