भारतमा भयावह बन्दै कोरोना « Khabarhub

भारतमा भयावह बन्दै कोरोना


२७ भाद्र २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- भारतमा कोरोना संक्रमितको संख्या तीव्र गतिमा बढ्न थालेको छ । भारतमा पछिल्लो समय हरेक दिन ९० हजार भन्दा बढी कोरोना संक्रमित फेला पर्न थालेका छन् ।

अहिले भारत विश्वभरमा कोरोना संक्रमित धेरै हुने देशमा दोस्रो स्थानमा छ । भारतले केही दिनअघि ब्राजिललाई उछिन्दै कोरोना संक्रमित धेरै हुने देशको दोस्रो स्थानमा आएको हो । विश्वभरमा धेरै कोरोना संक्रमित हुनेमा अमेरिका भने पहिलोमा छ ।

वर्ल्डोमिटर्सको तथ्यांक अनुसार यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा भारतमा ९७ हजार ६ सय ५४ जना कोरोना संक्रमित फेला परेका छन् । यससँगै भारतमा कोरोना संक्रमितको कुल संख्या ४६ लाख ५९ हजार ९ सय ८४ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा भारतमा १ हजार २ सय २ जनाको कोरोनाबाट मृत्यु भएको छ । यससँगै भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या ७७ हजार ५ सय ६ पुगेको छ ।

त्यस्तै हालसम्म ३६ लाख २४ हजार १ सय ९६ कोरोना संक्रमित उपचारपछि निको भइसकेका छन् । भारतको महाराष्ट्र राज्य, तमिल नाडु, मुम्बइ, गुजरात लगायतमा सबैभन्दा बढी कोरोना संक्रमित भेटिएका छन् ।

प्रकाशित मिति : २७ भाद्र २०७७, शनिबार  १० : ०७ बजे

महिला क्रिकेट टोलीका प्रशिक्षक मनोज कटुवालले दिए राजीनामा

काठमाडौं – नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक मनोज कटुवालले

सिन्धुलीकाे कमलामाई नगर क्षेत्रमा कर्फ्यू आदेश जारी

सिन्धुली – जिल्ला प्रशासन कार्यालय सिन्धुलीले कमलामाई नगरपालिका क्षेत्रमा अवस्था

५६ वर्षमा डिग्री गरेका सुजयराजको अनुभव : पढाउनेले झन् धेरै पढ्नु पर्छ

काठमाडौं– उमेरले होइन, इच्छाशक्तिले मानिसलाई सफलताको शिखरसम्म पुर्‍याउँछ । बुढ्यौली

दश घण्टापछि कुमार बेनको घरबाट बाहिरिए बालेन

ललितपुर– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ललितपुर तरेको १० घण्टापछि