पाँच उद्योगका स्यानिटाइजरमा विषाक्त रसायन भेटियो, बिक्रीमा रोक « Khabarhub

पाँच उद्योगका स्यानिटाइजरमा विषाक्त रसायन भेटियो, बिक्रीमा रोक


२७ भाद्र २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – पाँच उद्योगले उत्पादन गरेका स्यानिटाइजरमा विषाक्त रसायन फेला परेको छ।

राष्ट्रिय औषधि प्रयोगशालाले गरेको परीक्षणबाट यस्तो प्रमाण फेला परेको हो।

प्रयोगशालाले ती कम्पनीको उत्पादन स्यानिटाइजरमा मानव स्वास्थ्यमा प्रतिकुल असर पार्ने विषाक्त रसायन मिथानल भेट्टाएपछि औषधि व्यवस्था विभागले ती उत्पादनको उत्पादन तथा बिक्री वितरणमा प्रतिबन्ध लगाएको छ।

भक्तपुरको नेपाल कायाकल्प उद्योग तथा काठमाडौंकाहाइजिन सोप एन्ड केमिकल प्रालि, आधार केमिकल्स एन्ड फूड इन्डष्ट्रिज प्रालि, सर्च केम कम हर्बल प्रडक्ट्स र सूर्यमुखी हर्बल प्रडक्ट्सका उत्पादन रोक्का गरेको हो।

प्रयोगशालाका अनुसार ती उत्पादन‘इन्स्ट्यान्ट ह्यान्ड स्यानिटाइजर (अल्कोहल बेस्ड) सम्बन्धी स्तर २०७६ मापदण्ड विपरित छन्।

प्रकाशित मिति : २७ भाद्र २०७७, शनिबार  १० : ५६ बजे

राजनीतिक दल र जेन-जीले दबाब दिएर सरकारलाई पेन्डुलमजस्तै बनाए : प्रधानमन्त्री कार्की

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले राजनीतिक दल र जेन-जीले दबाब दिएर

कुलमानले भने- निर्वाचनबाट देश परिवर्तनको नेतृत्व उज्यालो पार्टीले लिन्छ

काठमाडौं– उज्यालो नेपाल पार्टीका संरक्षक एवं ऊर्जा, भौतिक पूर्वाधार र

बालबालिका र किशोर–किशोरीमाथि बुलिङ भएको कसरी थाहा पाउने ?

काठमाडौं– सरकारले ‘स्वस्थ मन : स्वस्थ जीवन’ भन्ने मूल सन्देशसहित मानसिक स्वास्थ्य

रमेश लेखकले भने- सोमबार जाँचबुझ आयोगमा गएर बयान दिन्छु

काठमाडौं– पूर्व गृहमन्त्री रमेश लेखकले सोमबार जाँचबुझ आयोगमा बयान दिन

रास्वपामा समानुपातिक उम्मेद्वार छनोट प्रक्रिया सुरु

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आजदेखि समानुपातिक उम्मेद्वार छनोट प्रक्रिया