कोरोना सङ्क्रमणमुक्त परिवारलाई पुष्पगुच्छासहित सम्मान « Khabarhub

कोरोना सङ्क्रमणमुक्त परिवारलाई पुष्पगुच्छासहित सम्मान


२७ भाद्र २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बुटबल- समुदायस्तरमा कोरोना भाइरस सङ्क्रमण बढेसँगै कोरोना सङ्क्रमितलाई छिमेकी र आफन्तद्वारा फरक व्यवहार गरिएको गुनासा सार्वजनिक भइरहँदा बुटवलमा होम आइसोलेसनमा बसेर सङ्क्रमण मुक्त भएकालाई सम्मान गर्ने गरिएको छ ।

बुटवल उपमहानगरपालिका-१३ का विभिन्न टोलमा स्थानीयवासीसँगै वडाका जनप्रतिनिधि समेतले सङ्क्रमण मुक्त भएकालाई सम्मान गर्ने गरेका छन् । उक्त वडाको भानुपथमा कोरोना सङ्क्रमण भई होम आइसोलेसनमा बसेर निस्किएका एकै परिवारका तीन जनालाई आज पुष्पगुच्छासहित टोलवासीले सम्मान गरेका हुन् ।

भानुपथ निवासी बुटवल उपमहानगरपालिकाका आइटी इन्जिनीयर विकेक भुसाल, उहाँको एक महिनाको छोरा र सँगै बस्ने भान्जीसहित परिवारलाई वडा जनप्रतिनिधि बेदप्रसाद गैरे, आमा समूह अध्यक्ष गिरा बराललगायत टोलवासीले आज पुष्पगुच्छा प्रदान गरी कोरोना जितेकामा नगरका तर्फबाट बधाई तथा शुभकामना दिएका छन् । कोरोना पुष्टि भएसँगै उनीहरु घरमै आइसोलेसनमा बसेर आज २१ औँ दिनमा आइसोलेसन मुक्त भएका छन् ।

सो अवसरमा आइसोलेसनमा रहँदासमेत टोलका अगुवा तथा छिमेकीबाट राम्रो सहयोग पाएको र सबैले स्वास्थ्यलाभको कामना गरेको भन्दै इन्जिनीयर भुसालले सबैप्रति आभार व्यक्त गरे । कोरोना भाइरस सङ्क्रमित भई होम आइसोलेसनमा बसेर निस्किएका भुसालको परिवारलाई डिस्चार्ज पत्र प्रदान गर्दै जनप्रतिनिधि गैरेले कोरोना रोकथामका लागि सजग र सचेत बन्न सबैलाई आग्रह गरे ।

प्रकाशित मिति : २७ भाद्र २०७७, शनिबार  २ : ०२ बजे

यामालसँगको तस्बिरबारे मेसीले भने : जीवनकै अविश्वसनीय संयोग

काठमाडौं – अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीले स्पेनका युवा स्टार लामिने

राष्ट्रिय आयुर्वेद केन्द्रलाई उत्कृष्ट सेवाकेन्द्रका रूपमा विकास गर्न मन्त्री मेहताको जोड

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले आज

म्याग्दीको विकासमा सघाउने मन्त्री पुनको प्रतिबद्धता

गण्डकी – विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले म्याग्दीको बेनी–दरबाङ

गण्डकीका आठ जिल्लामा रात्रिकालीन यातायात बन्द गरिने

गण्डकी – जल तथा मौसम विज्ञान विभागले आज र आइतबार

अमेरिका–इरान तनाव चर्कियो, पानी शुद्धीकरण प्लान्टहरू पनि आक्रमणको निशानामा

काठमाडौं – अमेरिका र इरानबीचको बढ्दो तनावका बीच समुद्रको खारा