यस्तो छ कोरोना संक्रमण जितेका स्वास्थ्य मन्त्रालयका दुई कर्मचारीको अनुभव | Khabarhub Khabarhub

यस्तो छ कोरोना संक्रमण जितेका स्वास्थ्य मन्त्रालयका दुई कर्मचारीको अनुभव


२७ भाद्र २०७७, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कोरोना संक्रमण मुक्त भएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका दुई कर्मचारीले आत्मबल बलियो बनाएर नै कोरोना विरुद्धको लडाइँ जितेको अनुभव सुनाएका छन् ।

स्वास्थ्य मन्त्रालयको नियमित लाइभ अपडेटमार्फत मन्त्रालयका कर्मचारी शिवहरी आचार्य र स्वास्थ्य सेवा विभागमा कार्यरत सवारी चालक उत्तर कुमार काफ्लेले कोरोना संक्रमित भइसकेपछिको अनुभव सुनाएका हुन् ।

आचार्यले आफूले  बेसार पानी, गुर्जो, अदुवा लगायतका घरेलु औषधिबाट कोरोना संक्रमण जितेको बताए । यसैगरी काफ्लेले आफूमा कोरोनाको लक्षण नदेखिए पनि आत्मबल बलियो बनाएरै कोरोना जितेको बताए ।

उनीहरुले कोरोना संक्रमण भएपछिको क्वारेन्टिन बसाइबारे आफ्नो अनुभव पनि सुनाएका छन् । उनीहरुको अनुभव जस्ताको जस्तैः

शिवहरि आचार्य, स्वास्थ्य मन्त्रालयमा कार्यरत कर्मचारी

म स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा कार्यरत एक कर्मचारी । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आर्थिक प्रशासन शाखामा मैले काम गर्दैगर्दा हरेक दिन कोलेनिका, मलेलिका, राष्ट्र बैंक तथा बैंकहरु म नियमित गइरहनुपर्ने हुन्छ ।

त्यो क्रममा मलाई कहाँबाट कसरी कोरोना संक्रमण भयो मलाई थाहै भएन । जब परीक्षण गराएको केही समयपछि तपाई कोरोना पोजेटिभ हुनुभयो भनेर फोन आयो ।

त्यो समय अलिकति मन डरायो । मन डराएपछि नदुखेको टाउँको पनि दुखे जस्तो भयो । नदुखेको जिउ पनि दुखेको जस्तो भयो । मलाई कार्यालयका सरहरुले बाबु नडराउनुस् भन्नुभयो र सकारात्कम कुरा गर्नुभयो ।

सरहरुले नै अस्पतालमा बस्ने वा होम आइसोलेसनमा भन्नु भयो । मलाई लक्षण थिएन त्यसैले मैले घरमै बस्न सुरक्षित हुन्छ भन्ने सोचे ।

घरमा छुट्टै बस्न सहज हुने भएपछि सरहरुले पनि हुन्छ भन्नुभयो । त्यसपछि म घरमा गएर छुट्टै कोठामा बसेँ ।

आफ्ना आफन्तहरुलाई म कोरोना पोजेटिभ भए भन्दा उहाँहरु भावुक हुनुभयो ।आफन्त भावुक हुनुभएको देखेर मलाई पनि नरमाइलो लाग्यो ।

१६ दिन होम आइसोलेसनमा बसेर बेसारपानी, गुर्जो, अदुवा, लसुन जस्ता घरेलु औषधि सेवन गरेर मैले आज कोरोनालाई जितेको छु ।

१६ औं दिनमा मैले कोरोना पुनः परीक्षण गराउँदा मेरो कोरोनाको रिपोर्ट नेगेटिभ आयो । कोरोना रिपोर्ट नेगेटिभ आउँदा म धेरै खुसी भएँ ।

कोरोना नेगेटिभ आएपछि पनि मैले आफ्नो घर परिवारमा सँगै रहिन, मैले २१ दिनसम्म छुट्टै क्वारेन्टिनमा नै बसेँ ।

त्यो समयमा कार्यालय पनि गइन । २१ दिनपछि म पूर्णरुपमा स्वस्थ भएर कोरोनालाई जितेर पुनः अफिज जाने र घरपरिवारमा पनि मिलेर बस्न थालेँ।

मैले कोरोनालाई जित्न आत्मविश्वास बलियो बनाउँदै पौष्टित तत्वहरु धेरै खाएँ । इनर्जेटिक भएर कोरोनालाई जितिन्छ ।

उत्तर कुमार काफ्ले, स्वास्थ्य सेवा विभागका सवारी चालक

कोरोना जितेर यहाँहरुमाझ आफ्नो अनुभव सुनाउन पाउदा मलाई खुशी लागेको छ ।

मलाई कोरोना संक्रमण कसरी भयो भनेर बुझ्न गाह्रो छैन । कोरोना प्रभावित जिल्लाहरुमा गइरहनुपर्दा त्यसै क्रममा काँही कतै सावधानी अपनाउन कमजोरी हुँदा मलाई यो रोग लाग्यो ।

मलाई यो रोग लागेपछि लक्षणहरु नभएकाले कोरोनालाई जितेर फर्कत सफल भएँ ।

कोरोना संक्रमण पश्चात मलाई मेरो अफिसका आदरणीय सरहरु र साथीभाइहरुबाट सहयोग र ढाडसले धेरै सहयोग पुर्‍याएको थियो ।

उहाँहरुले मप्रति देखाउनु भएको सकारात्मक व्यवहार र माया प्रति निकै नै आभारी छु ।

कोरोना लागेका धेरै साथीभाइ र आफन्तलाई समाजबाट हेलाको भावले हेर्ने गरेको पाइयो । उनीहरु र उनीहरुका परिवार प्रति नराम्रो घटना हुने गरेको छ । यसले गर्दा बिरामीलाई थप मानसिक तनाब हुन गइ उसको मनोवल कम भएर रोगसँग लड्न गाह्रो हुन्छ ।

यस्ता व्यवहार कसैले कसैप्रति नगर्नुहुन म अनुरोध गर्दछु । आज तपाई संक्रमित हुनुहुन्न भने भोलि पनि संक्रमित हुनुहुने छैन भन्ने कुनै ग्यारेन्टी हुन्न ।

त्यसैले स्वास्थ्य सुरक्षामा खटिने सबै स्वास्थ्यकर्मी, सुरक्षाकर्मी तथा अन्य सबैलाई माया र सद्भावपूर्ण व्यवहार गरे मात्र सबैको साथ र सहयोगले मात्र हामीले यो महामारीबाट विजय प्राप्त गर्न सक्छौं ।

प्रकाशित मिति : २७ भाद्र २०७७, शनिबार  ५ : ३५ बजे

सूचीकरण नभएका सामाजिक सञ्जाल बन्द गर्ने सञ्चार मन्त्रालयको निर्णय 

काठमाडौं–  नेपालको कानुनबमोजिम सूचीकरण हुन नआएका फेसबुकसहितका सामाजिक सञ्जालहरू बन्द

सीजीको चाडपर्व विशेष योजना सार्वजनिक : ‘भित्र्याऔँ खुशी र समृद्धि  लेवल अप उइथ सीजी’

काठमाडौं– नेपालीहरूको महान चाड दशैं, तिहार र छठपर्वको अवसरमा सीजी

नक्सांकन कार्यमा ढिलाइ : समय सीमा थप गर्न सांसद राणाको आग्रह

काठमाडौं– नेपाली कांग्रेसका सांसद उदय शम्शेर राणाले भू–उपयोग ऐन २०७६

राष्ट्रिय सभाबाट पारित भएको निजामती सेवा विधेयक प्रतिनिधि सभामा टेबुल हुने

काठमाडौं– प्रतिनिधि सभामा संघीय निजामती सेवा विधेयक, २०८० टेबुल हुने