अनलाइन शिक्षण सिकाइलाई व्यवस्थित बनाउनुपर्छ : मन्त्री गुरुङ « Khabarhub

अनलाइन शिक्षण सिकाइलाई व्यवस्थित बनाउनुपर्छ : मन्त्री गुरुङ


२७ भाद्र २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले अनलाइन शिक्षण सिकाइलाई व्यवस्थित बनाउनुपर्नेमा जोड दिएका छन्।

मन्त्री गुरुङले इन्टरनेटको दुरुपयोगबाट बालबालिकाहरु ‘डिजिटल दूव्र्यसनी’मा फस्न सक्ने सम्भावना भएकाले त्यसतर्फ सचेत रहन पनि सम्बन्धित सबै पक्षलाई आग्रह गरे।

उनले त्यसका लागि आवश्यक ऐन, कानुन र निर्देशिका बनाउन सरकार प्रतिवद्ध रहेका उल्लेख गर्दै आवश्यक सुझाव दिन पनि सम्बन्धित सबै पक्षलाई आह्वान गरे।

५४ औं अन्तर्राष्ट्रिय साक्षरता दिवस तथा राष्ट्रिय बाल दिवसको अवसर पारेर नेपाल राष्ट्रिय शिक्षक संगठन राष्ट्रिय समिति, संस्थागत विद्यालय विभागले शनिबार आयोजना गरेको ‘भर्चुअल’ कार्यक्रममा बोल्दै मन्त्री गुरुङले कोरोनाको महामारीले शिक्षा क्षेत्रमा पारेको असरबाट निराश नहुन पनि शिक्षक, विद्यार्थी र अभिभावकहरुलाई आग्रह गरे।

मन्त्री गुरुङले कोभिड १९ को बहानामा विद्यार्थीहरुको एउटा शैक्षिक सत्र खेर जान दिन नहुनेतर्फ समेत सचेत गराए। उनले शिक्षक, अभिभावक, विद्यालय व्यवस्थापन समिति र सरकार कसैले पनि कोभिडको बहाना बनाएर आफ्नो जिम्मेवारीबाट पन्छिन नहुने पनि स्पष्ट पारे।

प्रकाशित मिति : २७ भाद्र २०७७, शनिबार  ५ : ५४ बजे

अमेरिका–इरान वार्ताअघि इस्लामाबाद बन्द

एजेन्सी– अमेरिका–इरानबीच हुन लागेको संवेदनशील उच्चस्तरीय वार्ताको पूर्वसन्ध्यामा पाकिस्तानले राजधानी

लिभरपुलको बिग्रँदो लय, च्याम्पियन्स लिग भिडन्तमा पीएसजीसँग पराजित

पेरिस- इङ्लिस क्लब लिभरपुल च्याम्पियन्स लिग क्वार्टरफाइनलको पहिलो लेगमा पेरिस

बालेनले भेट नदिएपछि चुरे संरक्षण अभियन्ताको प्रदर्शन माइतीघरमा 

काठमाडौं– चुरे तथा वनजंगल संरक्षण अभियान नेपालले माइतीघरमा प्रदर्शन गरेको

पाउ कुबार्सीलाई रातो कार्ड बार्सिलोनाका लागि दशा, च्याम्पियन्स लिग यात्रा कठिन

काठमाडौं- पाउ कुबार्सीले सुरूमै रातो कार्ड पाएपछि स्पेनिस क्लब बार्सिलोनाको

बलात्कारमा ‘पीडित’को मौनता : बढेको हो न्यायप्रतिको अविश्वास ?

अमेरिका बस्ने एक युवतीले अभिनेता तथा चर्चित हास्य कलाकार सागर