मकवानपुरमा ४७ जना प्रहरीलाई कोरोना संक्रमण « Khabarhub

मकवानपुरमा ४७ जना प्रहरीलाई कोरोना संक्रमण


२७ भाद्र २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मकवानपुर- मकवानपुरका विभिन्न प्रहरी युनिटमा कार्यरत ४७ जना प्रहरीमा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

हेटौंडा–१० स्थित किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रस्थित प्रादेशिक प्रयोगशालमा गरिएको स्वाब परीक्षणको रिपोर्टअनुसार पछिल्लो २४ घन्टामा मकवानपुरमा थप ४७ जना प्रहरीमा संक्रमण पुष्टि भएको हो ।

जसमध्ये दुई जना प्रहरी इन्स्पेक्टर रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रमुख उपरीक्षक सुशीलसिं राठौरले जानकारी दिए ।

उनका अनुसार, हेटौंडा–११, थानाभर्‍याङस्थित दंगा प्रहरी गणमा कार्यरत ३५ जना, जिल्ला प्रहरी कार्यालयमा कार्यरत १२ जना प्रहरीमा संक्रमण पुष्टि भएको हो ।

हालसम्म १० जना सशस्त्र प्रहरीलाई कोरोना देखिएको र ३३ प्रहरी कोरोना निको भएर घर फर्किएका छन् । संक्रमित १२ जना प्रहरीलाई जिल्ला प्रहरीको सभाहलमा र बाँकीलाई हेटौंडा–६ स्थित आइसोलेसन वार्डमा राखिएको छ ।

प्रकाशित मिति : २७ भाद्र २०७७, शनिबार  ६ : ०० बजे

महिला क्रिकेट टोलीका प्रशिक्षक मनोज कटुवालले दिए राजीनामा

काठमाडौं – नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक मनोज कटुवालले

सिन्धुलीकाे कमलामाई नगर क्षेत्रमा कर्फ्यू आदेश जारी

सिन्धुली – जिल्ला प्रशासन कार्यालय सिन्धुलीले कमलामाई नगरपालिका क्षेत्रमा अवस्था

५६ वर्षमा डिग्री गरेका सुजयराजको अनुभव : पढाउनेले झन् धेरै पढ्नु पर्छ

काठमाडौं– उमेरले होइन, इच्छाशक्तिले मानिसलाई सफलताको शिखरसम्म पुर्‍याउँछ । बुढ्यौली

दश घण्टापछि कुमार बेनको घरबाट बाहिरिए बालेन

ललितपुर– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ललितपुर तरेको १० घण्टापछि