मकवानपुरमा ४७ जना प्रहरीलाई कोरोना संक्रमण « Khabarhub

मकवानपुरमा ४७ जना प्रहरीलाई कोरोना संक्रमण


२७ भाद्र २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मकवानपुर- मकवानपुरका विभिन्न प्रहरी युनिटमा कार्यरत ४७ जना प्रहरीमा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

हेटौंडा–१० स्थित किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रस्थित प्रादेशिक प्रयोगशालमा गरिएको स्वाब परीक्षणको रिपोर्टअनुसार पछिल्लो २४ घन्टामा मकवानपुरमा थप ४७ जना प्रहरीमा संक्रमण पुष्टि भएको हो ।

जसमध्ये दुई जना प्रहरी इन्स्पेक्टर रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रमुख उपरीक्षक सुशीलसिं राठौरले जानकारी दिए ।

उनका अनुसार, हेटौंडा–११, थानाभर्‍याङस्थित दंगा प्रहरी गणमा कार्यरत ३५ जना, जिल्ला प्रहरी कार्यालयमा कार्यरत १२ जना प्रहरीमा संक्रमण पुष्टि भएको हो ।

हालसम्म १० जना सशस्त्र प्रहरीलाई कोरोना देखिएको र ३३ प्रहरी कोरोना निको भएर घर फर्किएका छन् । संक्रमित १२ जना प्रहरीलाई जिल्ला प्रहरीको सभाहलमा र बाँकीलाई हेटौंडा–६ स्थित आइसोलेसन वार्डमा राखिएको छ ।

प्रकाशित मिति : २७ भाद्र २०७७, शनिबार  ६ : ०० बजे

एन्फाका पूर्वाध्यक्ष कर्माछिरिङ शेर्पा पक्राउ

काठमाडौँ । अखिल नेपाल फुटबल संघ एन्फाका पूर्वाध्यक्ष कर्र्माछिरिङ शेर्पा

रास्वपाको पहिलो महाधिवेशनले उब्जाएका १० प्रश्न

काठमाडौं । छ दिनसम्म लगाएर राष्ट्रिय स्वतन्त्र पार्टीले पहिलो महाधिवेशन

युरोपमा किन बढ्यो गर्मी, अस्तव्यस्त जनजीवन

काठमाडौँ । युरोपमा दिनप्रतिदिन भीषण गर्मीले रेकर्ड तोडिरहेको छ। अत्यधिक

महाधिवेशनसँगै नयाँ र पुरानोको द्वन्द्व सकियो, गुट र उपगुट पनि अन्त्य भयो : रवि लामिछाने

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नवनिर्वाचित सभापति रवि लामिछानेले

अदालतका समाचार तथ्यपरक र सन्तुलित हुनुपर्छ: प्रधानन्यायाधीश शर्मा

काठमाडौँ । सर्वोच्च अदालतका प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले न्यायिक विषयवस्तुसम्बन्धी