नागरिकप्रति सरकार जिम्मेवार भएन : देउवा « Khabarhub

नागरिकप्रति सरकार जिम्मेवार भएन : देउवा


२७ भाद्र २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकार नागरिकको स्वास्थ्यप्रति संवेदनशील नभएको आरोप लगाएका छन् । उनले कोरोना भाइरस (कोभिड १९) को संक्रमण बढ्दै गइरहेको बेला पनि सरकार गम्भीर नदेखिएको बताए ।

‘सरकार अत्यन्तै गैरजिम्मेवार भइरहेको छ । कोरोना रोकथाम र नियन्त्रणमा सरकारलाई कुनै मतलव छैन । कुनै चिन्ता देखिएको छैन,’ उनले भने, ‘सरकार कोरोना संकटका बेलामा पनि भ्रष्टाचारमा लिप्त छ । मानवीय संवेदना देखिएन ।’

कांग्रेस कोभिड–१९ अनुगमन समितिले प्रदेश १ का पार्टीका अगुवा नेता कार्यकर्ताका साथै जनप्रतिनिधिसँग गरेको भर्चुअल छलफलमा सभापति देउवाले पीसीआर परीक्षण बढाउन सरकारसँग आग्रह गरे । उनले भ्रष्टाचार गर्नुभन्दा अस्पताल निर्माणमा लाग्न सरकारलाई आग्रह गरे ।

‘भ्रष्टाचार गर्नुभन्दा अस्पताल बनाउनुपर्‍यो । जनताको ज्यान जोगाउनतर्फ सरकारको ध्यान जाओस्, उनले भने, उनीहरुलाई सरकारमा बस्ने नैतिकता पनि छैन ।’ सभापति देउवाले पार्टीबाट निर्वाचित जनप्रतिनिधिलाई कोरोना संकटका बेलामा जनताको सेवामा काम गर्न निर्देशन दिए ।

प्रकाशित मिति : २७ भाद्र २०७७, शनिबार  ८ : १४ बजे

प्रि ओपन सेसन : एक अंकले बढ्यो नेप्से

काठमाडौं– साताको चौथो कारोबार दिन प्रि ओपन सेसनमा नेपाल स्टक

निर्वाचन लोकतन्त्रको असल अभ्यास हो : गृहमन्त्री अर्याल

 सुर्खेत – गृहमन्त्री ओमप्रकाश अर्यालले निर्वाचन लोकतन्त्रको एक असल अभ्यास

वीरगञ्जबाट पाँच महिनामा ७२ अर्बको पेट्रोलियम पदार्थ आयात

वीरगञ्ज– वीरगञ्ज हुँदै चालु आर्थिक वर्ष (आव)को पाँच महिनामा ७२

‘समावेशी नेपाल राजनीतिक आकाङ्क्षा होइन, सामाजिक आवश्यकता हो’

हेटौँडा– उत्थानशील र समावेशी नेपाल निर्माणका लागि राजनीतिक स्थायित्व नै

रविलक्ष्मी भेट्न डल्लु पुगे प्रचण्ड र माधव

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’