नागरिकप्रति सरकार जिम्मेवार भएन : देउवा « Khabarhub

नागरिकप्रति सरकार जिम्मेवार भएन : देउवा


२७ भाद्र २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकार नागरिकको स्वास्थ्यप्रति संवेदनशील नभएको आरोप लगाएका छन् । उनले कोरोना भाइरस (कोभिड १९) को संक्रमण बढ्दै गइरहेको बेला पनि सरकार गम्भीर नदेखिएको बताए ।

‘सरकार अत्यन्तै गैरजिम्मेवार भइरहेको छ । कोरोना रोकथाम र नियन्त्रणमा सरकारलाई कुनै मतलव छैन । कुनै चिन्ता देखिएको छैन,’ उनले भने, ‘सरकार कोरोना संकटका बेलामा पनि भ्रष्टाचारमा लिप्त छ । मानवीय संवेदना देखिएन ।’

कांग्रेस कोभिड–१९ अनुगमन समितिले प्रदेश १ का पार्टीका अगुवा नेता कार्यकर्ताका साथै जनप्रतिनिधिसँग गरेको भर्चुअल छलफलमा सभापति देउवाले पीसीआर परीक्षण बढाउन सरकारसँग आग्रह गरे । उनले भ्रष्टाचार गर्नुभन्दा अस्पताल निर्माणमा लाग्न सरकारलाई आग्रह गरे ।

‘भ्रष्टाचार गर्नुभन्दा अस्पताल बनाउनुपर्‍यो । जनताको ज्यान जोगाउनतर्फ सरकारको ध्यान जाओस्, उनले भने, उनीहरुलाई सरकारमा बस्ने नैतिकता पनि छैन ।’ सभापति देउवाले पार्टीबाट निर्वाचित जनप्रतिनिधिलाई कोरोना संकटका बेलामा जनताको सेवामा काम गर्न निर्देशन दिए ।

प्रकाशित मिति : २७ भाद्र २०७७, शनिबार  ८ : १४ बजे

डोलेश्वरमा श्रावणी मेला, ५० लाख भक्तजन आउने अनुमान

भक्तपुर– केदारनाथको शीर डोलेश्वर महादेव मन्दिरमा ३८ दिनसम्म चल्ने श्रावणी

व्यावसायिक पशुपालन र तरकारीखेती गर्ने किसानलाई अनुदान

म्याग्दी– म्याग्दीको बेनी नगरपालिकाले चालु आर्थिक वर्ष २०८२–८३ मा व्यावसायिक

दुर्लभ संयोग : १९ वर्षअघि मेसीले नुहाइदिएका यमल विश्वकप फाइनलमा मेसीसँगै भिड्दै !

काठमाडौँ – अर्जेन्टिना र स्पेनबिच हुन गइरहेको विश्वकप फुटबलको फाइनलअघि

निर्धारित समयअगावै रिखुवा खोलामा पक्की पुल निर्माण

इलाम– इलामको दक्षिणी क्षेत्र माई नगरपालिकादेखि पश्चिमी क्षेत्र माङसेबुङ गाउँपालिकाको

गोठ भत्किँदा एक पुरुषको मृत्यु

स्याङ्जा– स्याङ्जाको गल्याङ–६ पिडीखोलामा गोठ भत्किँदा एक पुरुषको मृत्यु भएको