यी रोगहरुको समस्या छ भने आँप नखानु नै उत्तम | Khabarhub Khabarhub

यी रोगहरुको समस्या छ भने आँप नखानु नै उत्तम


२७ भाद्र २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- गर्मी महिनामा आँप सहज रुपमा पाइन्छ । बच्चादेखि बुढासम्म सबैलाई यो फल मनपर्छ ।

आँप स्वास्थ्यका लागि पनि राम्रो मान्निछ । तर,केही यस्ता रोगहरु हुन्छन् जसका कारण आँप खानु उचित मानिदैन । कुन रोग लाग्दा आँप खान हुँदैन भन्ने विषयमा यहाँ जानकारी दिइएको छ-

१. डायबिटीज

जो व्यक्तिहरुलाई डायबिटीजको समस्या छ उनीहरुले आँप खानु हुँदैन । आँप धेरै नै गुलियो हुने भएका कारण शरिरमा सुगर लेभल बढ्छ ।

२. पेटको समस्या

आँपमा फाइवरको मात्रा धेरै हुन्छ । यसले शरिरमा अत्यन्त गर्मी पैदा गर्छ । मानिस जसमा पेटको समस्या छ उनीहरुले पनि आँप खानु हुँदैन ।

३. मोटोपन

जो मानिसहरुको तौल धेरै छ उनीहरुले समेत आँप खानुहुँदैन । यसमा धेरै सुगर र क्यालोरी हुन्छ । यसका कारण झन् तौल बढ्ने गर्छ ।

४. एलर्जी

आँप छिटो पाक्न क्यालसियम कार्वाइडको प्रयोग गरिन्छ । जो मानिसहरुलाई एलर्जीको समस्या छ उनीहरुले आँप खानुहुँदैन ।

५. मुटुको रोगी

यसमा पोटासिशयमको मात्रा ज्यादा हुन्छ । आँप धेरै खाँदा शरिरमा कोलेस्ट्रोल बढ्ने गर्छ । यसले मुटुमा समस्या गर्छ ।

६. अस्थमा

अस्थमा भएका बिरामीहरुले पनि आँप खानु हुँदैन । यसमा एनाकार्डिक एसिड हुन्छ । यसले सास लिन समस्या पैदा गर्छ ।

७. दाँत

आँपमा भिटामिन–सी हुन्छ । यसको अधिक सेवनले भिटामिन सीको मात्रा बढ्छ । जसका कारण दाँतमा नोक्सान पुर्याउने काम गर्छ ।

८. मुखको छाला जाने समस्या

आँपले शरिरमा गर्मी पैदा गर्छ । यसका कारण ओठमा छाला जाने समस्या देखिन्छ ।

प्रकाशित मिति : २७ भाद्र २०७७, शनिबार  ३ : ३४ बजे

यमनका तीन बन्दरगाहमा इजरायलको आक्रमण

इजरायल – इजरायलले यमनका तीन बन्दरगाहमा आक्रमण गरेको छ ।

प्रतिनिधिसभा बैठक बस्दै, औद्योगिक सम्पत्तिसम्बन्धी विधेयक प्रस्तुत हुने

काठमाडौं– सङ्घीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज (सोमबार) बस्दैछ ।

यी भूभागमा ठूलो वर्षाको सम्भावना, सतर्कता अपनाउन अनुरोध

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

आकाश दीप र गिल चम्किएको दोस्रो टेस्टमा भारतको जित

काठमाडौं – भारतले इङ्गल्यान्डसँगको दोस्रो टेस्टमा ३३६ रनको जित हात

टेक्सासको बाढीले मर्नेको सङ्ख्या ६८ पुग्यो

टेक्सस – अमेरिकाको टेक्सासमा बाढीबाट मर्नेको सङ्ख्या बढी रहेको छ।