चितवनमा कोरोनाबाट हालसम्म २६ जनाको मृत्यु | Khabarhub Khabarhub

चितवनमा कोरोनाबाट हालसम्म २६ जनाको मृत्यु


२७ भाद्र २०७७, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन- जिल्लामा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या २६ जना पुगेको छ । ती मध्ये १६ चितवनका रहेका छन् ।

स्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत गीताञ्जली ढकालका अनुसार आजसम्म जिल्लाका अस्पताल र घरमा कोरोना सङ्क्रमणबाट मृत्यु हुने सो सङ्ख्या २६ पुगेको छ । एक जनाको घरमा मृत्यु भएको हो भने अन्यको उपचारका क्रममा जिल्लाको अस्पतालमा मृत्यु भएको हो ।

चितवनका १६ मकवानपुरका ५ , नवलपरासी सुस्ता पूर्वका ३ , गोर्खा र कैलालीका १-१ जनाको कोरोनाबाट मृत्यु भएको हो । जिल्लाको सबै भन्दा वढी भरतपुर महानगरपालिकामा कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ । स्वास्थ्य कार्यालयका अनुसार महानगरमा अहिलेसम्म कोरोना सङ्क्रमणबाट ९ जनाको मृत्यु भएको छ ।

यस्तै कोरोना सङ्क्रमणबाट रत्ननगरमा ३ , खैरहनीमा र राप्ती नगरपालिकामा २–२ जनाको मृत्यु भएको कार्यालयले जनाएको छ । एक जना वृद्धाको कोरोना सङ्क्रमणका कारण घरमा नै मृत्यु भएको हो भने अरु सबैको अस्पतालमा उपचारका क्रममा र अस्पताल ल्याउँदा ल्याउँदै बोटोमा नै मृत्यु भएको हो ।

भरतपुर अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलका अनुसार जिल्लामा हालसम्म कोरोना सङ्क्रमितको सङ्ख्या १ हजार २ सय ४३ पुगेको छ । ती मध्ये ५ सय ७ जना महिला र ७ सय ३६ जना पुरुष रहेका छन् । सङ्क्रमितमध्ये धेरै भरतपुर महानगरका रहेका छन् । भरतपुरमा आजसम्म ८ सय ५१ जनामा कोरोना सङ्क्रमण भएको उनले जानकारी दिए ।

यस्तै रत्ननगरमा नगरपालिकामा १ सय ३६ जनामा कोरोना देखिएको छ । राप्तीमा नगरपालिकामा ९९, खैरहनी नगरपालिकामा ६४, माडी नगरपालिकामा ५३, कालिका नगरपालिकामा ३६ र इच्छाकामना गाउँपालिकामा ४ जनामा कोरोना देखिएको छ । सङ्क्रमित मध्ये हाल सम्म २ सय ९९ जना निको भएर घर फर्किसकेका उनले जानकारी दिए । जिल्लामा हाल सक्रिय सङ्क्रमित ९ सय २८ जना रहेका छन् ।

भरतपुर अस्पतालले सञ्चालन गरेको कोभिड १९ प्रयोगशालामा हालसम्म २३ हजार १ सय ३० जनाको परीक्षण गरिएको छ । ती मध्ये १९ हजार ७ सय चितवनका हुन भने अन्य वाहिरी जिल्लाका हुन् ।

भरतपुर अस्पतालले हालसम्म कोरोना सङ्क्रमित २ सय ८० जनाको उपचार गरेकोमा १ सय ९२ जना निको भएर घर फर्किएका छन् । हाल ७६ जना उपचारका क्रममा रहेका छन् भने १२ जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति : २७ भाद्र २०७७, शनिबार  ९ : २० बजे

जमिन हल्लिन थालेपछि पाकिस्तानको जेलबाट २०० भन्दा बढी कैदी फरार

एजेन्सी – पाकिस्तानको विशाल तटीय सहर कराचीस्थित एक जेलबाट भूकम्पका

कर्णालीको स्थानीय तहका आन्दोलनरत कर्मचारी र सरकारी वार्ता टोलीबीच १४ बुँदे सहमति

सुर्खेत – कर्णाली प्रदेश स्थानीय तहका कर्मचारीले आन्दोलन स्थगित गरेका

जेलेन्स्कीले भने, ‘नेटोले शिखर सम्मेलनमा निम्तो पठायो’

एजेन्सी – युक्रेनका राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीले जुन महिनाको उत्तरार्धमा नेदरल्याण्ड्सको

स्थानीय तहले अटेरी गरेपछि राजस्व उठाउन कार्यालय खोल्दै गण्डकी सरकार

पोखरा – गण्डकी प्रदेश सरकारले आन्तरिक आय बढाउन भन्दै गृहकार्य

आजका समाचार : गृहमन्त्रीको राजिनामामा अड्कियो संसद्, सिन्डिकेटका नाममा यातायात व्यवसायीको ज्यादती र भएन रुस युक्रेन युद्ध विराम 

बस्दै नबसी भोलिसम्मलाई सर्‍यो संसद् बैठकप्रतिनिधिसभाको बैठक बस्दै नबसी बुधबारसम्मका