चार वर्षमा पाँच करोडभन्दा बढीलाई गरीबी मुक्त बनाएको चीनको दाबी | Khabarhub Khabarhub

चार वर्षमा पाँच करोडभन्दा बढीलाई गरीबी मुक्त बनाएको चीनको दाबी


२६ आश्विन २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- चीनले चार वर्षमा पाँच करोडभन्दा बढीलाई गरीबी मुक्त बनाएको दाबी गरेको छ ।

‘तेह्रौं पञ्चवर्षीय योजना’ को अवधिमा चीनका पाँच करोडभन्दा बढी ग्रामीण वस्तीका जनता गरीबीबाट मुक्त भएका चीनको गरीबी तथा जनसङ्ख्या ब्यूरोको तथ्याङ्कमा उल्लेख गरिएको छ ।

सन् २०१६ मा चीनमा गरीबी दर ४.५ प्रतिशत थियो भने सन् २०१९ मा त्यो घटेर ०.६ प्रतिशतमा झरेको तथ्याङ्कले देखाएको छ ।

चालु वर्ष समग्र क्षेत्रमा गरीबी पूर्णतया उन्मूलन गर्ने चीन सरकार र खासगरी राष्ट्रपति सी चिनफिङको योजनामा चीनले सफलता पाएको अधिकारीहरूले बताएका छन् ।

‘तेह्रौँ पञ्चवर्षीय योजना’ को अवधिमा चीनमा गरीबहरूको आम्दानीमा व्यापक वृद्धि भएका ब्यूरोको दावी छ ।

तथ्याङ्क अनुसार गरीबी जनसङ्ख्याको प्रतिव्यक्ति आय सन् २०१६ मा चार हजार १४२ युआन रहेकोमा सन् २०१९ मा बढेर नौ हजार ५७ युआन पुगेको छ ।

आयको औसत वार्षिक वृद्धि ३० प्रतिशत पुगेको छ भने चीनमा गरिबहरूको आय संरचना अझ अनुकूलित गरिएको छ र आफैँमा गरीबीबाट बच्न सक्ने क्षमता निरन्तर सुधारिएको छ ।

चालु वर्ष गरीबी निवारणको व्यापक लक्ष्य पूरा भएपछि चीनले सन् २०३० का लागि दिगो विकास कार्यक्रमअन्तर्गतको संयुक्त राष्ट्र संघको एजेन्डाको गरीबी निवारण लक्ष्य १० बर्ष अघि नै पूरा गर्दैछ ।

प्रकाशित मिति : २६ आश्विन २०७७, सोमबार  ६ : २५ बजे

कञ्चनपुरमा चाडपर्वमा वन सुरक्षा गर्न द्रुत प्रतिकार्य टोली परिचालन

कञ्चनपुर– चाडपर्वका अवसरमा वन क्षेत्रमा बढ्ने अवाञ्छित गतिविधि नियन्त्रण गर्न

प्राधिकरणका कार्यकारी निर्देशक सिलवालले गरे पदभार ग्रहण (तस्बिरहरू)

काठमाडौं– नेपाल विद्युत प्राधिकरणको नवनियुक्त कार्यकारी निर्देशक मनोज सिलवालले मंगलबार

अवरुद्ध पृथ्वीराजमार्ग खुल्यो

मलेखु– अवरुद्ध पृथ्वीराजमार्ग दुईतर्फी नै खुलेको छ । बेनिघाट रोराङ

प्रधानमन्त्री कार्कीसँग निर्वाचन आयोगका पदाधिकारीको छलफल

काठमाडौं– निर्वाचनको तयारीका विषयमा प्रधानमन्त्री सुशीला कार्कीसँग निर्वाचन आयोगका पदाधिकारीले

घरका एक्ला छोराको अपहरणपछि हत्या, आफन्त र छिमेकीसहित ८ जना समातिए

सिराहा- सिरहामा अपहरणपछि हत्या गरिएको अवस्थामा १५ वर्षीय किशोरको शव