नेसन्स लिगमा इंग्ल्याण्डले बेल्जियमलाई हरायो | Khabarhub Khabarhub

नेसन्स लिगमा इंग्ल्याण्डले बेल्जियमलाई हरायो


२६ आश्विन २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- यूईएफए नेसन्स लिग फुटबलमा इंग्ल्याण्डले बलियो प्रतिद्वन्दी बेल्जियमलाई हराएको छ ।

वेम्बली स्टेडियममा आइतबार राति भएको खेलमा इंग्ल्याण्डले बेल्जियमलाई २-१ गोल अन्तरले पराजित गरेको हो ।

घरेलु मैदानमा एक गोलको अग्रता उल्टाएर इंग्ल्याण्डले जित निकालेको हो । इंग्ल्याण्डको जितमा मार्कस रासफोर्ड र मासन माउन्टले एक/एक गोल गरे ।

बेल्जियमका रोमेरो लुकाकुले एक गोल फर्काए । खेलमा सुरुवाती अग्रता भने बेल्जियमले बनाएको थियो । खेलको १६औं मिनेटमा लुकाकुले पेनाल्टीमा गोल गर्दै टोलीलाई अग्रता दिलाए ।

खेलको ३९औं मिनेटमा रासफोर्डले पेनाल्टीमा गोल गर्दै इंग्ल्याण्डलाई खेलमा फर्काए । खेलको ८५औं मिनेटमा माउन्टले गोल गर्दै इंग्ल्याण्डलाई २-१ को जित दिलाए ।

जितसँगै इंग्ल्यान्ड लिग ‘ए’ समूह २ को शीर्ष स्थानमा उक्लिएको छ । इंग्ल्यान्डले ३ खेलमा ७ अंक जोडेको छ । दोस्रो स्थानको बेल्जियमले २ खेलमा ६ अंक जोडेको छ ।

प्रकाशित मिति : २६ आश्विन २०७७, सोमबार  ६ : ४० बजे

इटालियन सिरी ए : रोमा र युभेन्टसले खेले बराबरी

काठमाडौं– इटालियन सिरी ए फुटबलमा रोमा र युभेन्टसले बराबरी खेलेका

एस्टन भिल्लामाथि ब्राइटनको जित

काठमाडौं– इंग्लिस प्रिमियर लिग फुटबलमा ब्राइटनसँग एस्टन भिल्ला पराजित भएको

हमास-इजरायल द्वन्द्व : युद्ध विरामको माग बढ्दै

इजरायलको तेल अभिभमा हजारौँको प्रदर्शन भयो। प्रदर्शनकारीको एउटै माग थियो।

अध्यादेश जारी गर्ने बागमती सरकारको निर्णय

हेटौँडा– बागमती प्रदेश सरकारले प्रदेश उच्च शिक्षा ऐन, २०७८ लाई

इंग्लिस प्रिमियर लिग : लिभरपुलद्वारा टोटनहम हट्सपर पराजित

काठमाडौं– इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले जित निकालेको छ ।