रोनाल्डो र एम्बाप्पेले गोल गर्न नसक्दा फ्रान्स र पोर्चुगलको बराबरी « Khabarhub

रोनाल्डो र एम्बाप्पेले गोल गर्न नसक्दा फ्रान्स र पोर्चुगलको बराबरी


२६ आश्विन २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- स्टार खेलाडीद्वय रोनाल्डो र एम्बाप्पेले गोल गर्न नसक्दा यूईएफए नेसन्स लिगमा फ्रान्स र पोर्चुगलले बराबरी खेल्दै अंक बाँडेका छन् ।

आइतबार राति फ्रान्सको पेरिसमा दुवै टिमले गोल रहित बराबरी खेल्दै अंक बाँडेका हुन् ।

केलियन एम्बाप्पे र क्रिस्टियानो रोनाल्डो गोल गर्न असफल रहेको खेलमा विश्वकप विजेता र यूरो कप विजेताले बराबरीमा चित्त बुझाए ।

३५ वर्षिय यूभेन्ट्सका फरवार्ड रोनाल्डो १ सय १ अन्तर्राष्ट्रिय गोलमा यथावत रहे । पोर्चुगल फ्रान्सेली मैदानमा सन् २०१६ को युरोकपको जित दोहोर्‍याउन सकेन ।

२१ वर्षीय एम्बाप्पले केही राम्रा प्रयास गरे पनि उल्भ्सका गोलकिपर रुइ पेट्रिकियोले उनको प्रहार रोकेका थिए ।

बराबरीपछि दुवै टिमको समान ७ अंक छ ।

प्रकाशित मिति : २६ आश्विन २०७७, सोमबार  ८ : ५५ बजे

दार्चुलामा जीप दुर्घटनाः एक जनाको मृत्यु

दार्चुला – मार्मा गाउँपालिका–३ भसेमा जीप दुर्घटना हुँदा एक जनाको

आज विश्व ध्यान दिवस मनाइँदैः टुँडिखेलमा विशेष कार्यक्रम

काठमाडौं – संयुक्त राष्ट्रसङ्घको घोषणाअनुसार आज ‘विश्व ध्यान दिवस’ मनाइँदै

निर्वाचन ७४ दिन बाँकीः आचारसंहितामा कस्तो छ सवारीसाधन प्रयोग गर्ने व्यवस्था ?

काठमाडौं – आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

सूर्य देवको पूजा विधि के हो ?

काठमाडौं – आज २०८२ साल पुस ६ गते आइतबार तदनुसार