कतारमा काम गर्नुहुन्छ, यी हुन् दूतावाससँग सम्बन्धित काम  विशेषका ठेगाना « Khabarhub

कतारमा काम गर्नुहुन्छ, यी हुन् दूतावाससँग सम्बन्धित काम  विशेषका ठेगाना



दोहा- कतारस्थित नेपाली दूतावासले नेपाली श्रमिकहरुको समस्यालाई मध्यनजर गर्दै काम विशेषका ठेगाना सार्वजनिक गरेको छ ।

अब कतारमा कार्यरत नेपाली श्रमिकहरुले आफ्नो काम अनुसारको कागजात दूतावासले उपल्ब्ध गराएको सम्बन्धित इमेलमा पठाउन सक्नेछन् ।

दूतवासाले  काम सहज र छिटो बनाउन काम विशेषका छुट्टा छुट्टै इमेल सार्वजनिक गरेको छ । दूतावासले कन्सुलर सेवा, पासपोर्ट सेवा तथा श्रम सम्बन्धी सेवाका अलग/अलग इमेल ठेगाना  र त्यसका लागि चाहिने आवश्यक कागजातको विवरणसमेत सार्वजनिक गरेको छ ।

कन्सुलर सेवाका लागि

कन्सुलर सेवा अन्तर्गत चारित्रिक प्रमाणपत्र, अधिकृत वारेशनामाको प्रमाणिकरण, कागजात प्रमाणिकरण, जो जससँग सम्बन्धित छ भन्ने व्यहोराको पत्र, भिसा, गैरआवासीय नेपाली परिचय पत्र र शव नेपाल पठाउन आवश्यक हुने कागजातका लागि [email protected] मा इमेल पठाउन दूतावासले अनुरोध गरेको छ ।

पासपोर्ट सम्बन्धी कामका लागि

पूरानो पसापोर्टको आधारमा नयाँ पासापेर्ट लिनको लागि आवेदन दिँदा, नाबालकको नयाँ पासपोर्टका लागि आवेदन दिँदा, हराएको पासपोर्टको सट्टा नयाँ पासपोर्टको लागि निवेदन दिँदा, जलेको, च्यातिएको, केरमेट भएको वा अन्य कारणले बिग्रिएको पासपोर्टको सट्टा नयाँ पासपोर्टका लागि आवेदन दिँदा, अस्थायी पासापोर्टको लागि, एकतर्फी यात्रा अनुमतिका लागि र व्यक्तिगत माग प्रकाणिकरण गर्नु परेमा [email protected]  कागजातसहित इमेल गर्न सकिने छ ।

श्रम सम्बन्धी कामका लागि

मागपत्र प्रमणिकरण, घरेलु कामदारको पुनः श्रम स्वीकृतिको सम्बन्धमा र श्रम सम्बन्धी अन्य जानकारी र गुनासो राख्नका लागि [email protected]मा इमेल गर्न सकिन्छ भने अन्य जानकारीका लागि [email protected] मा इमेल गर्न सकिने दूतावासले जनाएको छ ।

प्रकाशित मिति : २६ आश्विन २०७७, सोमबार  ९ : १० बजे

जब कुलमानले उज्यालो नेपालको बैठकमा हात जोड्दै माफी मागे…

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीसँगको एकता भङ्ग गरेको कुलमान घिसिङको

बत्ती जान थालेपछि निर्देशक शाक्यले गरे स्थलगत निरीक्षण

काठमाडौं – पाटन, स्युचाटार, बालाजुलगायत क्षेत्रमा बेलुकाको समयमा दुई दिनदेखि

पाल्पामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, दुई घाइते

पाल्पा – यहाँको रामपुर नगरपालिका–८ स्थित कालीगण्डकी करिडोर सडक खण्डअन्तर्गत

प्रचण्डले भने : रुकुमपूर्वबाट निर्वाचन लड्ने निश्चित भइसकेको छ

रुकुमपश्चिम – नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

एकता तोडिएसँगै उनेपाको अध्यक्ष बने घिसिङ

काठमाडौं – उज्यालो नेपाल पार्टी (उनेपा) को केन्द्रीय समिति बैठकले