उर्लाबारी नगरपालिकाका सेवा बन्द « Khabarhub

उर्लाबारी नगरपालिकाका सेवा बन्द


२६ आश्विन २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मोरङ- मेयर खड्ग फागोसहित नगरका कर्मचारीमा कोरोना भाइरसको संक्रमण भएपछि मोरङको उर्लाबारी नगरपालिकाले सबै सेवा बन्द गरेको छ ।

नगरपालिकाको कार्यालय र वडा कार्यालयहरुबाट प्रदान गरिँदै आएका सबै सेवा आजबाट बन्द गरिएको हो ।

मेयर फागोसहित संक्रमित कर्मचारीको सम्पर्कमा रहेका जनप्रतिनिधि र अरु कर्मचारीको पीसीआर परीक्षण गराउनु पर्ने भएकाले रिपोर्ट नआएसम्म सेवा बन्द गरिने नगरपालिकाले जनाएको छ ।

फागोका अनुसार पीसीआर परीक्षणका लागि अरु कर्मचारी र जनप्रतिनिधिको स्वाब संकलन सुरु गरिएको छ ।

पाँच दिनअघि उनका सवारी चालकमा कोरोना पुष्टि भएको थियो । त्यसपछि होम क्वारेन्टाइनमा बसेका नगर प्रमुख फागो र नगर स्वास्थ्य शाखा संयोजक सुरेश खड्कालाई पनि कोरोना देखिएको छ ।

प्रकाशित मिति : २६ आश्विन २०७७, सोमबार  १० : ५८ बजे

पोखरामा बृहत् कन्दमूल प्रदर्शनी

गण्डकी– चौथो राष्ट्रिय कृषि जैविक विविधता दिवसका अवसरमा पोखरा महानगरपालिका

आज राष्ट्रिय भूकम्प २७औँ सुरक्षा दिवस

काठमाडौं– आज राष्ट्रिय भूकम्प २७औँ सुरक्षा दिवस हो । विसं

विश्वकप तयारी : नेपाली टिमको बलिङ कोचमा अस्ट्रेलियन क्रिकेटर इयान हार्भे नियुक्त

काठमाडौं – नेपाल क्रिकेट संघ (क्यान)ले अस्ट्रेलियाका पूर्वक्रिकेटर इयान हार्भेलाई

चिसो बढे पनि ढोरपाटनमा घटेन पर्यटकको चहलपहल

ढोरपाटन– यतिबेला ढोरपाटनमा अत्यधिक चिसो बढेको छ । बिहानपख धारामा

पेट्रोलियम पदार्थको मूल्य समायोजन

काठमाडौं– नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ