अध्यक्ष ओलीको पक्राउविरुद्ध एमालेका चार निर्णय, देशभर प्रदर्शन गर्ने « Khabarhub

अध्यक्ष ओलीको पक्राउविरुद्ध एमालेका चार निर्णय, देशभर प्रदर्शन गर्ने


१४ चैत्र २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


597
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकको पक्राउ विरुद्ध देशव्यापी विरोधका कार्यक्रम घोषणा गरेको छ ।

उपाध्यक्ष रामबहादुर थापा बादलको अध्यक्षतामा शनिबार बिहान ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा बसेको सचिवालयको आकस्मिक बैठकले उनीहरुकाे तत्काल रिहाइकाे मागसहित चार बुँदे निर्णय गर्दै कानुनी र राजनीतिक रूपमा सशक्त प्रतिवाद गर्ने निर्णय गरेको हो ।

बैठकपछि एमाले महासचिव शंकर पोखरेलले पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको गिरफ्तारी प्रतिशोधपूर्ण र पूर्वाग्रही भएको बताए ।

उनले पार्टी अध्यक्ष ओली र कांग्रेस नेता लेखकलाई सूर्योदय अगावै गरिएको प्रतिशोधपूर्ण, पूर्वाग्रही र गैरकानुनी गिरफ्तारीको एमालेले निन्दा, भर्तसना र विरोध गर्ने बताए ।

बैठकपछि सार्वजनिक गरिएको निर्णय अनुसार एमालेले आमजनसमुदाय, नागरिक समाज र लोकतन्त्र पक्षधर शक्तिहरूसँग सहकार्य गर्दै विरोधका कार्यक्रम अघि बढाउने बताएको छ।

यस्ता छन् एमालेका चार निर्णय

१. आम जनसमुदाय र नागरिक समाजको साथमा कानुनी तथा राजनीतिक रूपमा सशक्त प्रतिवाद गर्ने।

२. प्रत्येक जिल्लाको सदरमुकाममा शनिबार अपराह्न ३ बजे जनसंगठनको तर्फबाट विरोध प्रदर्शन गर्ने।

३. चैत्र १५ गते १२ बजे जिल्ला पार्टी कमिटीको आयोजनामा व्यापक प्रदर्शन गर्दै प्रमुख जिल्ला अधिकारी (प्रजिअ) कार्यालयमा विरोधपत्र बुझाउने।

४. लोकतन्त्र र कानुनी राज्यका पक्षधर दलहरू, नागरिक समाज तथा आमजनसमुदायसँग संवाद र सहकार्य गर्ने।

एमालेले आफ्ना शीर्ष नेताको गिरफ्तारीलाई राजनीतिक प्रतिशोधको रूपमा व्याख्या गर्दै आन्दोलनलाई देशव्यापी बनाउने घोषणा गरेको छ।

प्रकाशित मिति : १४ चैत्र २०८२, शनिबार  ११ : ३७ बजे

कर्णालीले गुमायो छैठौँ विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

कर्णालीले गुमायो पाचौँ विकेट, हर्मित सिंहले लिए एकै ओभरमा दुई विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

कोलम्बियामा जबर्जस्ती रकम असुलीसँग सम्बन्धित आक्रमणमा छ जनाको मृत्यु

काठमाडौँ– कोलम्बियाको दक्षिणपश्चिमी हुइला विभागको सुजा नगरपालिकास्थित ग्रामीण क्षेत्रमा जबर्जस्ती रकम

सप्तकोशी बोट दुर्घटनाबारे अध्ययन गर्न समिति गठन

विराटनगर– कोशी प्रदेश सरकारले प्रदेशको मुख्यन्यायाधिवक्ता कार्यालयको आर्थिक वर्ष २०८२-८३

इजरायलमा आमनिर्वाचन जारी, नेतान्याहूलाई पूर्वसेनाप्रमुख आइजेनकोटको चुनौती

काठमाडौँ –  इजरायलमा प्रधानमन्त्री बेन्जामिन नेतान्याहू र पूर्वसेनाप्रमुख गादी आइजेनकोटबीच कडा