अध्यक्ष ओलीको पक्राउविरुद्ध एमालेका चार निर्णय, देशभर प्रदर्शन गर्ने « Khabarhub

अध्यक्ष ओलीको पक्राउविरुद्ध एमालेका चार निर्णय, देशभर प्रदर्शन गर्ने


१४ चैत्र २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


597
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकको पक्राउ विरुद्ध देशव्यापी विरोधका कार्यक्रम घोषणा गरेको छ ।

उपाध्यक्ष रामबहादुर थापा बादलको अध्यक्षतामा शनिबार बिहान ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा बसेको सचिवालयको आकस्मिक बैठकले उनीहरुकाे तत्काल रिहाइकाे मागसहित चार बुँदे निर्णय गर्दै कानुनी र राजनीतिक रूपमा सशक्त प्रतिवाद गर्ने निर्णय गरेको हो ।

बैठकपछि एमाले महासचिव शंकर पोखरेलले पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको गिरफ्तारी प्रतिशोधपूर्ण र पूर्वाग्रही भएको बताए ।

उनले पार्टी अध्यक्ष ओली र कांग्रेस नेता लेखकलाई सूर्योदय अगावै गरिएको प्रतिशोधपूर्ण, पूर्वाग्रही र गैरकानुनी गिरफ्तारीको एमालेले निन्दा, भर्तसना र विरोध गर्ने बताए ।

बैठकपछि सार्वजनिक गरिएको निर्णय अनुसार एमालेले आमजनसमुदाय, नागरिक समाज र लोकतन्त्र पक्षधर शक्तिहरूसँग सहकार्य गर्दै विरोधका कार्यक्रम अघि बढाउने बताएको छ।

यस्ता छन् एमालेका चार निर्णय

१. आम जनसमुदाय र नागरिक समाजको साथमा कानुनी तथा राजनीतिक रूपमा सशक्त प्रतिवाद गर्ने।

२. प्रत्येक जिल्लाको सदरमुकाममा शनिबार अपराह्न ३ बजे जनसंगठनको तर्फबाट विरोध प्रदर्शन गर्ने।

३. चैत्र १५ गते १२ बजे जिल्ला पार्टी कमिटीको आयोजनामा व्यापक प्रदर्शन गर्दै प्रमुख जिल्ला अधिकारी (प्रजिअ) कार्यालयमा विरोधपत्र बुझाउने।

४. लोकतन्त्र र कानुनी राज्यका पक्षधर दलहरू, नागरिक समाज तथा आमजनसमुदायसँग संवाद र सहकार्य गर्ने।

एमालेले आफ्ना शीर्ष नेताको गिरफ्तारीलाई राजनीतिक प्रतिशोधको रूपमा व्याख्या गर्दै आन्दोलनलाई देशव्यापी बनाउने घोषणा गरेको छ।

प्रकाशित मिति : १४ चैत्र २०८२, शनिबार  ११ : ३७ बजे

भोटेकोशी बाढी : हालसम्म १३ हजार ३९६ को उद्धार

काठमाडौं– रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीपछि

प्रधानमन्त्री राहत कोषमा ब्रह्माकुमारी राजयोग सेवा केन्द्रको एक करोड एक लाख सहयोग

काठमाडौं- प्रधानमन्त्री राहत कोषमा ब्रह्माकुमारी राजयोग सेवा केन्द्र, नेपालले एक

एट्लान्टिकको जोखिमपूर्ण यात्रामा अलपत्र एक हजारभन्दा बढी आप्रवासीको उद्धार

एजेन्सी– युरोप पुग्ने प्रयासमा एट्लान्टिक महासागरको जोखिमपूर्ण मार्ग हुँदै यात्रा

मिराज भन्छन् : यो सरकारलाई केही समय कुर्छौँ, नभए थर्ड पोलको तयारीमा लाग्छौँ

काठमाडौं- जेन-जी आन्दोलनका अगुवा मिराज ढुङ्गानाले वालेन्द्र शाह नेतृत्वको वर्तमान