कर्णालीका मुख्यमन्त्रीविरूद्ध अविश्वास प्रस्ताव दर्ता भएपछि  ओली-प्रचण्ड छलफलमा « Khabarhub

कर्णालीका मुख्यमन्त्रीविरूद्ध अविश्वास प्रस्ताव दर्ता भएपछि  ओली-प्रचण्ड छलफलमा


२६ आश्विन २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रधानमन्त्री एवं नेकपाका एक नम्बर अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ ।

बालुवाटारमा बिहान पौने १० बजेदेखि जारी भेटवार्तामा मन्त्री हेरफेर र कर्णाली प्रदेशका मुख्यमन्त्रीमाथिको अविश्वास प्रस्तावबारे छलफल भइरहेको स्रोतले जनाएको छ ।

आफ्नै पार्टीका सांसदले शनिबार कर्णालीका मुख्यमन्त्री शाहीविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरेपछि यस विषयमा अध्यक्षद्वयबीच छलफल भइरहेको हो ।

कर्णाली प्रदेश सभामा रहेका नेकपाका ३३ सांसदमध्ये १८ जनाले पार्टीका संसदीय दलका नेता तथा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरूद्ध नेकपा संसदीय दलमा अविश्वास प्रस्ताव दर्ता गराएका छन् ।

कर्णालीमा अविश्वासको प्रस्ताव दर्ता भएसँगै बागमती प्रदेशमा पनि मुख्यमन्त्री डोरमणि पौडेलविरूद्ध हस्ताक्षर अभियान सुरू भएको बताइएको छ ।

पार्टी केन्द्रको विवाद मत्थर हुँदा नहुँदै प्रदेशमा समस्या देखिएपछि नेताहरू त्यसलाई सुल्झाउन लागि परेका हुन् ।

यस्तै लामो समयदेखि रिक्त तीन मन्त्रालयमा कसलाई लैजाने भन्नेबारे पनि ओली-प्रचण्डबीच सहमतिको प्रयास भइरहेको स्रोतको दाबी छ ।

यसअतिरिक्त पार्टी एकताका बाँकी काम असोजभित्र सक्ने गरी गत असोज २६ मा बसेको स्थायी कमीटी बैठकले दिएको कार्यादेशमा पनि अध्यक्षद्वयबीच छलफल हुने बताइएको छ ।

प्रकाशित मिति : २६ आश्विन २०७७, सोमबार  ११ : ०४ बजे

संयुक्त विद्यार्थी आन्दोलनले त्रिवि परिसरमा गर्‍यो मार्चपास (तस्बिरहरू)

काठमाडौं– संयुक्त विद्यार्थी आन्दोलनले विभिन्न राजनीतिक दलसँग सम्बद्ध विद्यार्थी संगठनहरूमाथि

चुलाचुलीका सडक धमाधम कालोपत्रे

फिक्कल– इलामको चुलाचुली गाउँपालिकाका अधिकांश सडक कालोपत्र गरिएको छ ।

उपल्लो मुस्ताङका नयाँ पुस्तालाई ‘स्याब्रो र टुङ्ना’ बजाउने तालिम

मुस्ताङ– उपल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका–१ स्थित चराङमा नयाँ पुस्तालाई

देशका अधिकांश सहरी क्षेत्रमा वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले