यस्तो छ लघु फिल्म ‘एक लभर’ को फस्टलूक « Khabarhub

यस्तो छ लघु फिल्म ‘एक लभर’ को फस्टलूक


२६ आश्विन २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – लघु फिल्म ‘एक लभर’को फस्टलुक पोस्टर सार्वजनिक गरिएको छ ।

द सेलिब्रेटी टाइम्सको ब्यानरमा निर्माण गरिएको चलचित्रको आज सामाजिक संजालमार्फत दुई तस्विर सार्वजनिक गरिएको हो ।

सो लघु फिल्ममा शाहिल खान, अनुपमा भण्डारीबाहेक राज थापा क्षेत्री, सरु माझीको पनि अभिनय देख्न रहेको निर्माण टिमले जनाएको छ ।

एक हप्ता लगाएर छायांकन गरिएको यो लघु फिल्मलाई रामजी ज्ञवालीले निर्देशन गरेका हुन् । साथै उक्त लघु फिल्ममा आर्यन अधिकारीले सहायक निर्देशकको भुमिका निभाएका छन् ।

चलचित्रका निर्माता दुर्गा प्रसाद ज्ञवालीका अनुसार यो लघु फिल्म आउँदो कात्तिक १७ गते सार्वजनिक गरिनेछ ।

उक्त लघु फिल्ममा गीत समेत राखिएको निर्देशक समेत रहेका रामजी ज्ञवालीले जानकारी दिए । उनले ‘एक लभर’ मा सामाजिक विषयवस्तु उठान गरेको पनि बताए ।

प्रकाशित मिति : २६ आश्विन २०७७, सोमबार  ३ : ०४ बजे

ग्रिनल्यान्ड भू–राजनीतिक बहसको केन्द्रमा

एजेन्सी – ग्रिनल्यान्ड अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको टापु नियन्त्रण गर्ने

बजारमा बढ्यो तरुल, सखरखण्ड, पिँडालुको बिक्री (तस्बिरहरू)

काठमाडौं– माघे संक्रान्ति पर्वको आगमनसँगै राजधानीको कालीमाटी फलफूल तथा तरकारी

गगन–विश्व कारवाहीपछि महेश बस्नेतको टिप्पणी- ‘लासहरूको पार्टी हैन भन्नेले कांग्रेसलाई खरानी बनाए’

काठमाडौं– नेकपा एमालेका नेता महेश बस्नेतले नेपाली कांग्रेसभित्र देखिएको पछिल्लो

बङ्गलादेशमा निर्वाचनअघि आगमन भिसा निषेध

एजेन्सी– बङ्गलादेशले आम चुनाव तथा जनमत सङ्ग्रह अघि जनवरी– १५

गाजामा युद्धविरामपछि सयभन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ

एजेन्सी– गत अक्टोबरको युद्धविराम पछि गाजा पट्टीमा इजरायली ड्रोन तथा