हत्या आरोपमा तीन पक्राउ « Khabarhub

हत्या आरोपमा तीन पक्राउ


२६ आश्विन २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सप्तरी- सप्तरीमा महिलाको हत्या आरोपमा तीन जना पक्राउ परेका छन्।

सप्तरीको तिरहुत गाउँपालिका वडा नम्बर दुई मैनाकड़ी निवासी ५० वर्षीया दाइमन यादवको हत्या गरेको आरोपमा मैनाकड़ीकै २१ वर्षीय अजय कुमार राउत, ५२ वर्षीय राधे भन्ने ओमप्रकाश यादव र कञ्चनपुर वडा नम्बर २१ ठेलीया बस्ने ५५ वर्षीय बमबहादुर साहलाई पक्राउ गरिएको प्रदेश प्रहरी कार्यालय प्रदेश नम्बर २का प्रवक्ता एवं प्रहरी उपरीक्षक कृष्ण प्रसाईले जानकारी दिए।

एसपी प्रसाईका अनुसार मृतक महिलाकी देवरानी र ओमप्रकाशबीच अनैतिक सम्बन्ध रहेको कुराबारे दाइमनले थाहा पाएपछि उनको हत्याको योजना बनाएको खुल्न आएको छ।

अजय यादव र मृतकबीच जग्गा विवाद पनि रहेकोले बम बहादुरलाई संलग्न गराई ३ जनाले हत्या गरेको प्रहरीले जनाएको छ।

गत असोज १० गते दाईमनको हत्या गरिएको थियो। आरोपित बम बहादुर यसअघि ज्यान मार्ने उद्योगमा ८ वर्ष सजाय काटेर दुई वर्ष अगाडि मात्रै हिरासतमुक्त भएका थिए। पक्राउ परेकाहरुमाथि आवश्यक अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २६ आश्विन २०७७, सोमबार  ६ : ४७ बजे

कांग्रेस देउवा पक्षले पत्रकार सम्मेलन गर्दै

काठमाडौं– नेपाली कांग्रेसले आज पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ

मध्यपहाडी लोकमार्ग : ‘आर्क ब्रिज’ निर्माण सुरु

पर्वत– पुष्पलाल मध्यपहाडी राजमार्ग आयोजनाअन्तर्गत पर्वत खण्डमा पर्ने मोदीखोलामा ‘आर्क

म्याग्दीका ध्रुवले फलाए १२० मुरी धान

म्याग्दी–  यहाँका एक जना किसानले एक सय २० मुरी धान

यस्तो छ आजको फलफूल तथा तरकारीको थोक मूल्य

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

माघे सङ्क्रान्तिमा खाना महोत्सव

पाँचथर– माघे सङ्क्रान्तिको अवसर पारेर फिदिममा खाना महोत्सव आयोजना गरिएको