नक्कली नागरिकता बनाएर ५० करोडको जग्गा हत्याउन खोज्ने राणा पक्राउ « Khabarhub

नक्कली नागरिकता बनाएर ५० करोडको जग्गा हत्याउन खोज्ने राणा पक्राउ


२६ आश्विन २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नागरिकताको किर्ते प्रमाणपत्र बनाएर करिब रु. ५० करोडको जग्गा हत्याउन खोज्ने केवलप्रताप जंग बहादुर राणालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले पक्राउ गरेको छ।

राणाले अर्कैको नाममा वीरगन्जमा रहेको ५ कठ्ठा, १५ धुर जग्गा मालपोत कार्यालयका कर्मचारीको मिलेमतोमा आफ्नो बनाएका थिए।

उनले जिल्ला प्रशासन कार्यालय ललितपुरबाट ४७७३ नम्बरको मुकेश राजभण्डारीको नाममा किर्ते नागरिकता समेत बनाएर जग्गा पास गराएको खुलेको छ ।

कमलादेवी राजभण्डारीको नाममा रहेको उक्त जग्गा राणाले वास्तविक जग्गाधनी र हकवाला समेतको हक खोसी मुकेश राजभण्डारीको नाममा राजीनामा पास गराएको भेटिएको थियो।

उनले उक्त जग्गालाई फेरि स्थायी घर भएका गिरिधारी लाल अग्रवाललाई विक्री गर्न रु. ५० लाख बैनासमेत लिएका थिए। यसरी किर्ते नागरिकता बनाएर मालपोत कर्मचारीको मिलेमतोमा वास्तविक जग्गाधनीलाई थाहै नदिई जग्गा बेचबिखन भएको उजुरीपछि प्रहरीले अनुसन्धान गरेको थियो।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले ललितपुर कुसुन्ती स्थायी ठेगाना भएका ३३ वर्षीय राणालाई आइतबार रातोपुलबाट पक्राउ गरेको जनाएको छ।

प्रहरीले थप कार्यका लागि अभियुक्तलाई जिल्ला प्रहरी कार्यालय पर्सा पठाएको छ।

प्रकाशित मिति : २६ आश्विन २०७७, सोमबार  ७ : ०९ बजे

कांग्रेस देउवा पक्षले पत्रकार सम्मेलन गर्दै

काठमाडौं– नेपाली कांग्रेसले आज पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ

मध्यपहाडी लोकमार्ग : ‘आर्क ब्रिज’ निर्माण सुरु

पर्वत– पुष्पलाल मध्यपहाडी राजमार्ग आयोजनाअन्तर्गत पर्वत खण्डमा पर्ने मोदीखोलामा ‘आर्क

म्याग्दीका ध्रुवले फलाए १२० मुरी धान

म्याग्दी–  यहाँका एक जना किसानले एक सय २० मुरी धान

यस्तो छ आजको फलफूल तथा तरकारीको थोक मूल्य

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

माघे सङ्क्रान्तिमा खाना महोत्सव

पाँचथर– माघे सङ्क्रान्तिको अवसर पारेर फिदिममा खाना महोत्सव आयोजना गरिएको