राजधानीमै नक्कली मह बनाउँदै बेच्दै, मैदाको चाका ! « Khabarhub

राजधानीमै नक्कली मह बनाउँदै बेच्दै, मैदाको चाका !


२६ आश्विन २०७७, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- काठमाडौंको गोंगबुस्थित एक होटेलमा केही ब्यापारीहरुले नक्कली मह बनाएर बेच्ने गरेको खुलासा भएको छ ।

काठमाडौं महानगरको उपभोक्ता हित संरक्षण समितिको अनुगमन टोली होटेलमा बसेर नक्कली महको धन्दा चलाइरहेको भेटाएको हो ।

अनुगमन टोलीले गोंगबु मित्रनगरस्थित होटल रेड डाइमण्डको कोठा ३०२, ३०४ र ३०६ गरी ३ वटा कोठामा नक्कली मह बनाउने सामान फेला पारेको हो ।

होटलमा पुग्दा व्यापारी मह बेच्न बाहिर गएका थिए । होटल सञ्चालकले आफूसँग व्यापारीको सम्पर्क फोन नम्बर नभएको बताएका छन्।

अनुगमन टोलीले महानगरीय प्रहरी वृत्त बालाजुको सहयोगमा होटलको निगरानी थालेको छ । अहिले २ जना व्यापारी सम्पर्कमा आएका छन् । उनीहरुलाई नियन्त्रणमा लिएर थप कारबाहीको प्रक्रिया अघि बढाइने प्रहरी वृत्त बालाजुले जनाएको छ ।

होटल सञ्चालक लीलाबल्लभ पराजुलीकाअनुसार उनीहरुमध्ये असोज २० गते २ जना आएर कोठा लिएर बस्न थालेका थिए । २२ गते ४ जना थपिए । हिजो अर्थात् असोज २५ गते ६ जना आए । उनीहरु मह व्यापारी हौं भन्थे । कोठामा बस्थे । दिउँसो मह बेच्न जान्थे । बेलुका फर्कन्थे ।

पराजुलीकी श्रीमतिकाअनुसार उनीहरु मह बेच्ने पुराना व्यापारी हुन् । यस अघि २०७६ को पुष माघ महिनामा आएर व्यापार गरेर फर्केका थिए ।

पहिले पनि आउने जाने गरेकाले उनीहरुको परिचय पत्र आफूहरुले नखोजेको होटेल सञ्चालक पराजुलीले बताए । उनीहरु महोत्तरीतिरका भएको पराजुलीले बताए ।

अनुगमन टोलीको नेतृत्व गरिरहेका महानगरको कृषि बिभागका प्रमुख हरिबहादुर भण्डारीकाअनुसार महको चाका मैदाको हुन सक्छ । अन्य रसायन के के प्रयोग गरेका छन् त्यसबारे अध्ययन भइरहेको छ ।

अनुगमन टोलीले होटलका ३ वटा कोठामा भएका सामान बटुलेर एउटै कोठामा राखेर ताला लगाएको छ । त्यहाँ ९ किलो १८६ ग्रामका २८ पोका सामान र १३ टिन माहुरीको चाका भेटिएको थियो । यस्तै अन्य सानातिना धेरै पोकासमेत फेला परेको भण्डारीले बताए ।

अनुगमनमा रहनुभएका उपभोक्ता अधिकार मञ्चका अध्यक्ष माधव तिमिल्सेनाले भने, ‘यो सक्कली काम हुँदै होइन । लेवलबिनाका सामान बेच्नु सरासर गैरकानुनी हो । त्यसमा पनि मह शतप्रतिशत नक्कली हो ।’

होटलका कर्मचारीले एउटा पोको खोलेर देखाए । त्यहाँ भएको बाक्लो र च्यापच्याप हुने तरल पदार्थमा चाका डुवाइएको थियो ।

प्रकाशित मिति : २६ आश्विन २०७७, सोमबार  ८ : ०९ बजे

पार्टीभित्र कुनै मत–मतान्तर छैन : शंकर पोखरेल

 काठमाडौं– नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले पार्टीभित्र अहिले कुनै

पाकिस्तानमा प्रहरीको गोली लागेर अस्ट्रेलियाली बालिकाको मृत्यु

एजेन्सी– पूर्वी पाकिस्तानमा प्रहरीले गल्तीवश चलाएको गोली लागेर एक अस्ट्रेलियाली

इरान-अमेरिका समझदारी : दुवै पक्षद्वारा जितेको दाबी, इजरायलले नमान्ने, लेबनानमा अन्यौल

काठमाडौं- इरान र अमेरिका विगत साढे तीन महिनादेखि जारी द्वन्द्व

दयाहाङ–सौगातभन्दा मुकुन अगाडि, स्वस्तिमाले देखाइन् स्टारडम

काठमाडौं – दुई डिमान्डेड नायकहरू दयाहाङ राई र सौगात मल्ललाई

मगर समुदायले काठमाडौंमा मनाए भूमे पर्व (तस्बिरहरू)

काठमाडौं– मगर समुदायले भूमे अर्थात् प्रकृतिको पूजाआजा गर्दै मनाउने पर्व